Logo

Banner-news

रेलवेका विवादास्पद ठेक्का अन्ततः रद्द


GDP Nepal
   २३ भाद्र २०७७, मंगलबार


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेलवे विभागले विवादास्पद ठेक्काहरु रद्द गरेको छ । विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै रेलवेका सबै ठेक्काहरु रद्द भएको जनाएको हो ।

रेलवेको ठेक्कासम्बन्धी गत असार १४ गते अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित बोलपत्र नम्बर ०२–०७६–७७ तथा नागरिक दैनिकमा असार १७ गते प्रकाशित बोलपत्र नम्बर ०३–०७६–७७ रद्द गरिएको आज प्रकाशित सूचनामा उल्लेख छ ।

विभागले शर्त नं. ३७.१ बमोजिम यी ठेक्काहरु रद्द गरिएको उल्लेख गरेको छ । जग्गा मुआब्जाको टुंगो नै नलगाई बोलपत्र आह्वान गरिएको भन्दै आलोचना भइरहेको थियो ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह