Logo

सूचना/प्रविधि

टेलिकम र प्याब्सनबीच सम्झौता


GDP Nepal
   २५ भाद्र २०७७, बिहिबार


काठमाडौं । नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच वैकल्पिक क्षिक्षा प्रदान गर्न न्यूनतम मूल्यमा इन्टरनेट उपलब्ध गराउने विषयमा दुई पक्षीय सम्झौता भएको छ।

कोभिड–१९ महामारीका कारण शिक्षालय बन्द भएको अवस्थामा विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले नेपाल टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराइरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) बीच सम्झौता भएको हो।

सम्झौता बमोजिम मुलुकभरका विद्यालय स्तरका विद्यार्थीहरुले कम्पनीले उपलब्ध गराइरहेको न्यूनतम मूल्यको ‘ह्याप्पी लर्निङ प्याक’ सहज रुपले प्रयोग गर्न सक्ने भएका छन्। सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनको तर्फबाट उपाध्यक्ष एवं ई–लर्निङ संयोजक दीपिका थापा रिमालले हस्ताक्षर गरेका हुन्।

कम्पनी र विश्वविद्यालय अनुदान आयोगबीच भदौ ८ मा सम्झौता भई मुलुकका विश्वविद्यालय, आंगिक क्याम्पस तथा सामुदायिक क्याम्पसहरुका शिक्षक, विद्यार्थी तथा अनुसन्धान कर्ताहरुलाई उपलब्ध गराइएको ‘ह्याप्पीलर्निङ प्याक’अब विद्यालयस्तरका विद्यार्थी तथा शिक्षकहरुका लागि पनि उपलब्ध गराउन प्याब्सनसँग सम्झौता भएको टेलिकलमे जनाएको छ।

सो प्याकेजका प्रयोगकर्ताले ३ सय १५ रुपैयाँमा २४ जीबी र ५सय रुपैयाँमा मा ३५ जीबी डाटा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह