Logo

Banner-news

एमसीसी नेकपालाई गलपासो, सडकमा उतारिएका कार्यकर्ता कसरी फर्काउने ?


GDP Nepal
   २७ भाद्र २०७७, शनिबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधनसहित पारित गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता झलनाथ खनालको नेतृत्वमा बनेको कार्यदलले दिएको संशोधनको सुझाव अनुसार संशोधन गरी पारित गर्ने नेकपाको निर्णय छ ।

तर, नेकपा बैठकले भनेजस्तो सहज रुपमा यो पारित हुने सम्भावना भने छैन । नेकपाकै नेताहरुले सडकमा पठाएका कार्यकर्ताले एमसीसी अमेरिकी सैन्य गठबन्धनसँग जोडिएको भन्दै संशोधन नभइ खारेजीकै माग गर्दै आएका छन् ।

एमसीसीसँगै नेपालमा अमेरिकी सेना आउँछ भनेर विगतमा गरिएको प्रचारका कारण नेकपालाई यो प्रकरण निकै भारी पर्ने देखिन्छ । एमसीसीविरुद्ध अभियान नै छेडेका भीम रावल, देव गुरुङजस्ता नेतामात्र नभइ यसको विरुद्धमा अभिव्यक्ति दिएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल तथा यसको खुलेआम विरुद्धमा उभिएका झलनाथ खनालसामु नैतिक प्रश्न तेर्सिने निश्चित छ ।

रावलमाथि अहिले नै एमसीसी विरोधी समूहले मन्त्री पदका लागि विरोध छाडेको भन्दै आलोचना सुरु गरिसकेका छन् । यो अभियान चर्किंदै जाँदा भोलिका दिनमा दाहाल, खनालको मात्र नभइ यो प्रकरणमा द्वैध चरित्र देखाउँदै आएका अर्का शक्तिशाली नेता माधव नेपालले समेत विरोधको सामना गर्नुपर्नेछ ।

एमसीसीका सम्बन्धमा सचिवालय बैठकको निर्णयले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भने बलियो बनाएको छ । संशोधनसहित पारित गर्ने भनिए पनि यसको अन्तर्य भने असन्तुष्ट समूहको फेस सेभिङका लागि मात्र हो भन्ने देखिन्छ । संसदभित्र पनि एमसीसीको विरुद्धमा ठूलो समूह छ भने संसदबाहिर पनि यसविरुद्ध राजनीतिक तथा गैरराजनीतिक कार्यकर्ताको संगठित अभियान नै देखिन्छ । ओली समूह यसमा सफल देखिए पनि समग्रमा भने नेकपालाई यसले हानी पु¥याउने देखिन्छ ।

यसैबीच, नेकपा बैठकले पार्टीको महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडैंमा गर्ने निर्णय गरेको छ । यसका लागि कात्तिक १५ देखि १७ गतेसम्म पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि भएको छ ।

प्रकाशित : २७ भाद्र २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह