Logo

मापसे गरेका चालकले बिजुलीको पोल ढाल्दा सडक अवरुद्ध, त्रासमा छिमेकी




काठमाडौं । बुधवार राति काठमाडौं मण्डिखाटारमा अत्यधिक मापसे गरेका एक चालकले सडक किनारामा रहेको बिजुलीपोलमा ठक्कर दिँदा ठूलो दुर्घटना भएको छ ।

बागमती प्रदेशमा दर्ता रहेको ०२२ च ६७५३ नम्बरको उक्त गाडी राति १० बजे दुर्घटना भएको स्थानीय ट्राफिक प्रहरीले जानकारी दिएका छन् ।

दुर्घटनाका कारण सडक अवरुद्ध भएको छ भने बिजुलीको तार लत्रिएका कारण छिमेकी त्रासमा छन् ।

गाडी निकाल्ने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

IMG_

5063

प्रतिक्रिया दिनुहोस्