Logo

Banner-news

प्रहरीद्वारा समर्थक कुटिएपछि कुलमान घिसिङको आग्रहः सडकमा भीडभाड नगरिदिनुस् !


GDP Nepal
   ३ आश्विन २०७७, शनिबार


काठमाडौं । सडकमा कुलमान घिसिङका समर्थकमाथि प्रहरीको आक्रमण बढेसँगै घिसिङले समर्थकहरुलाई भीडभाड र प्रदर्शन नगर्न आग्रह गरेका छन् । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा उनलाई दोहोर्याउन माग गर्दै केही दिनयता प्रदर्शन बाक्लिएसँगै प्रहरी आक्रामक बनेको छ ।

समर्थक पिटिएसँगै घिसिङले आफ्नो समर्थनमा जुलुस र भिडभाड नगरिदिन सबैमा आग्रह गरेका हुन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्‍न ठाउँमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको उनले जनाएका छन् ।

नेपाल सरकारले कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्‍न गरी चारवर्षे कार्यकाल पूरा बताएका छन् । ‘‘प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नैपर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ,’’ घिसिङले भनेका छन् ।

विज्ञप्तिमा कुलमान घिसिङले भनेका छन्, ‘‘विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ का कारण नेपाल पनि आक्रान्त भएका वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनुपर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’’

प्रकाशित : ३ आश्विन २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह