Logo

Banner-news

चीनले मिच्यो सीमाः नाम्खामा ११ भवन बनायो, सीमा पिलर नै गायब, सीडीओलाई फर्काइयो


GDP Nepal
   ७ आश्विन २०७७, बुधबार


काठमाडौं । नेपालको असल मित्र भनिने उत्तरी छिमेकी चीनले नेपाली सीमा मिचेको पुष्टि भएको छ । नेपाली सीमा मिचेर चीनले व्यापारिक भवन बनाएको छ भने यसबारे कुरा गर्न गएका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई चिनियाँ पक्षले बाटोबाटै फर्काइदिएको छ ।

चीनले सीमा मिचेको भूभाग हुम्ला जिल्लाको नाम्खा गाउँपालिकामा पर्दछ । नाम्खा गाउँपालिका वार्ड नम्बर ६ लालुङ्जोङमा ११ वटा भवन बनाएर पर्खाल लगाइएको छ भने उक्त भवनमा सोलार पनि जडान गरेको पाइएको छ ।

तिब्बती मूलका एक प्रहरीका अनुसार उक्त भवन व्यापारिक प्रयोजनका लागि भएको उल्लेख गरिएको छ । चीनले उक्त भूमि आफ्नो दावी गरेको छ । हुम्ला सदुमुकामबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसँग चिनियाँ पक्षले वार्तासमेत गरेन ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी जिल्लाका सबै सुरक्षा निकायका अधिकारीसहित अतिक्रमित सीमा क्षेत्र पुगेका थिए । टोलीमा नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङ पनि थिए । तर, चिनियाँ पक्षले नेपाली टोलीलाई प्रवेश नै दिएन ।

अतिक्रमित नेपाली भूमिमा चीनले बनाएका भवन । तस्बिरः नाम्खा गाउँपालिका

गाउँपालिका अध्यक्ष तामाङका अनुसार नक्सामा भवन बनेको क्षेत्र नाम्खा गाउँपालिकाको भूभागमा देखिन्छ । विगतमा अहिले भवन बनेको ठाउँभन्दा परसम्म गएर नेपाली श्रमिकहरूले बाटो बनाए पनि अहिले उक्त क्षेत्रमा नेपाली अधिकारीहरुलाई चिनियँ पक्षले प्रवेशमा रोक लगाएको छ ।

नेपाली भूमिमा बनाएको भवनभन्दा एक किलोमिटर वरसम्म आफ्नो भूमि रहेको चिनियाँ पक्षले दावी थरेको छ । यस क्षेत्रमा रहेको ११ नम्बरको पिलर भने रहस्यमय ढंगले हराएको छ ।

गाउँपालिका अध्यक्ष तामाङका अनुसार लाप्चा लेकमा रहेको हाम्रो १२ नम्बरको पिलरलाई आधार मान्ने हो भने त्यो भवनहरू बनेको ठाउँ नेपालकै भूमिमा पर्ने देखिन्छ ।

प्रमुख जिल्ला अधिकारीसहितको टोलीले लगभग डेढ घण्टा भवनहरू बनेको क्षेत्रमा बिताए पनि सीमा र सुरक्षा हेर्ने सैनिक टोली आएपछि वार्ता गर्न नसकिने भन्दै उनीहरूले नेपाली टोलीलाई फर्काइदिएका थिए ।

प्रकाशित : ७ आश्विन २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह