Logo

Banner-news

अर्थतन्त्रको फेरिँदो प्रवृत्तिः श्रम स्वीकृति ९९% घट्दा पनि रेमिट्यान्स २३% बढ्यो !


GDP Nepal
   १० आश्विन २०७७, शनिबार


काठमाडौं । कोरोना कहरसँगै नेपालको वैदेशिक मुद्रा आम्दानीको मुख्य स्रोत रेमिट्यान्स घट्ने आकलन गरिए पनि यथार्थ भने अर्कै देखिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा पनि रेमिट्यान्स उल्लेख्य बढेको छ । जबकि यो महिना वैदेशिक रोजगारीमा जानेको संख्या शून्य छ ।

राष्ट्र बैंकका अनुसार साउनमा रेमिट्यान्स २३ प्रतिशतले वृद्धि भई ९२ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २ प्रतिशत मात्रैले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको थियो । यद्यपि, साउमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९९.२ प्रतिशतले घटेको छ ।

श्रम स्वीकृति लिनेको असंख्या घिल्लो वर्षको सोही अवधिमा १९ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १.३ प्रतिशतले घटेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा खुद ट्रान्सफर आय २०.० प्रतिशतले वृद्धि भई १ खर्ब १ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ०.२ प्रतिशतले बढेको थियो ।

प्रकाशित : १० आश्विन २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह