Logo

Banner-news

दसैं-तिहारमा काठमाडौंसहित सात जिल्लामा फेरि लकडाउनको सम्भावना बलियो !


GDP Nepal
   ११ आश्विन २०७७, आइतबार


काठमाडौं । लकडाउन र निषेधाज्ञाले वाक्क भएका नेपालीले फेरि यस्तै अवस्थाको सामना गर्नुपर्ने हुनसक्ने देखिएको छ । सरकारले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न नसक्ने भन्दै लकडाउन गर्नुपर्ने हुनसक्ने बताएसँगै आउँदो दसैं र तिहारका बेला देशमा लकडाउन हुनसक्ने आकलन गरिएको छ ।

दसैं र तिहारका देशका विभिन्न ठाउँमा पुनः लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेको छ । मन्त्रालयले तीन चार दिनअघिको नियमित प्रेस ब्रीफिङमा नै यस्तो घोषणा गरेको हो ।

दशैँ, तिहार तथा छठ मुखमै आएको बेला महामारीका कारण फेरि लकडाउन भएर फेरि असजिलो हुने हो कि भन्ने आशङ्का र चिन्ता धेरैमा छ।

शनिबारसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ३४१ रहेको छ । दैनिक सरदर १ हजारभन्दा बढी संक्रमित थपिने तर निको हुनेको संख्यामा ठूलो उतारचढावका कारण २५ हजार सक्रीय संक्रमित पुग्ने अवस्था भने टाढा देखिँदैन ।

दसैंका लागि भारतलगयातका विदेशबाट धेरै नेपाली घर फर्कने भएकाले पनि जोखिम उच्च रहन्छ । हाल हवाई सेवा र सार्वजनिक बससमेत सञ्चालन भइरहेकाले संक्रमणको जोखिम पहिलेभन्दा बढी छ । लकडाउन र निषेधाज्ञा हटाइएपछि केही जिल्लामा सङ्क्रमणको दर नरोकिएको तथ्याङ्कले देखाउँछ।

तर, दैनिक थपिने सङ्क्रमितमध्ये आधाजसो काठमाण्डू उपत्यकामा हुने गरेका छन्। उपत्यकामा बाहेक अहिले मोरङ, सिराहा, चितवन र रूपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या धेरै छ। यसैले यी जिल्लाबाहेक अन्यमा भने लकडाउन वा निषेधाज्ञा आवश्यक देखिँदैन । तर, खुला आवतजातजावतले दसैंका बेला ति जिल्लामा पनि समुदायस्तरमा संक्रमण फैलने चिन्ता उत्तिकै छ ।

खुला आवातजावत गर्नेले १४ दिन क्वारन्टाइनमा बस्ने मापदण्ड पालना नगरेकाले पनि संक्रमण बढिरहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित : ११ आश्विन २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह