Logo

Banner-news

महासंघ उपाध्यक्ष ढकाललाई कोरोना पोजेटिभ, सम्पर्कमा आएकालाई सतर्क रहन आग्रह


GDP Nepal
   १२ आश्विन २०७७, सोमबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आसन्न साधारणसभामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण देखिएको छ । ढकालले सोमबार फेसबुक पोष्टमार्फत यसबारे जानकारी गराउँदै विगत केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

ढकाल महासंघ साधारणसभाका लागि सक्रिय थिए । उनले जनस्वास्थ्यका मापदण्डहरु अपनाउँदा अपनाउँदै पनि आफूलाई संक्रमण देखिएको जनाएका छन् । हाल घरमै आइसोलेसनमा रहेका ढकालको स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन । उनलाई आइतबार संक्रमण पुष्टि भएको थियो ।

ढकालको फेसबुक पोष्ट यस्तो छः
विश्वमै महामारीका रुपमा रहेको कोभिड १९ को प्रकोप हाम्रो देशमा पनि बढ्दो रुपमा रहेको सबैलाई जानकारी नै छ । यस समयमा म आफू पनि जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो स्वास्थ्य रिपोर्ट पोजेटिभ देखिएको छ । तर मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य अवस्थामै घरमा सुरक्षित आइसोलेसनमा बसेको छु । त्यसैले केही दिनयता मेरो सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउनुहुन यसै सूचनामार्फत आग्रह गर्दछु ।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह