Logo

बैंक / बिमा /शेयर

महिला सशक्तीकरणका लागि ग्लोबल आइएमईको ‘मेरी उनीलाई’ मुद्दति खाता


GDP Nepal
   १२ आश्विन २०७७, सोमबार


काठमाडौं । ग्लोबल आइएमई बैंकले महिलालाई आर्थिक रुपमा सशक्त र स्वतन्त्र बनाउने उद्देश्यले ‘मेरी उनीलाई’ नामक मुद्दति खाता योजना सञ्चालनमा ल्याएको छ ।

‘मेरी उनीलाई’ मुद्दति योजनाले, महिलाका नाममा बचत गर्न, महिलालाई बचतमा अभ्यस्त बनाउन, व्यक्तिगत खाताबाहक महिलालाई राम्रो प्रतिफल प्रदान गर्न र आर्थिक रुपमा महिलालाई सबल बनाउन, सहयोग पु¥याउने बैंकले जनाएको छ ।

एकलाख रुपैयाँभन्दा बढी रकममा खोल्न सकिने ‘मेरी उनीलाई’ मुद्दति योजनामा वार्षिक ९ प्रतिशतसम्म ब्याज पाइनेछ। यो मुद्दति योजनामा ६ महिनादेखि ५ वर्षसम्मको अवधिको लागि खोल्न सकिनेछ । बचत गर्ने बानीलाई प्रोत्साहन गर्ने यो योजनामा आवश्यकता अनुसार पटकपटक रकम थप गर्न पनि सकिने व्यवस्था छ ।

बैंकले यो खातासँगै निशुल्क डेबिट कार्ड, लकर शुल्कमा शतप्रतिशत छुट, मुद्दति बचतको ९० प्रतिशतसम्म ऋण सुविधा र १० लाखभन्दा बढी रकमको मुद्दति खाता खोल्ने ग्राहकहरुलाई प्रिभिलेज कार्ड उपलब्ध गराउनेछ ।

यस योजनाअन्तर्गत मुद्दति खाता खोल्ने ग्राहकले होम लोनको प्रोसेसिङ शुल्कमा शतप्रतिशत छुट पाउनेछन् भने निश्चित रकमसहित मुद्दति खाता खोल्ने प्रतिवद्धता गरेमा ग्राहककै घरदैलोमै पुगेर सेवा उपलब्ध गराइनेछ ।

यो मुद्दति खाता खोल्दा महिलाको आत्मविश्वास बढ्ने, परिवारमा सन्तुष्टि र खुसी ल्याउने र महिलाहरुलाई सामाजिक, आर्थिक र मानसिक रुपमा सबल बनाउने कुरामा पनि विश्वस्त रहेको बैंकले जनाएको छ ।

प्रकाशित : १२ आश्विन २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह