Logo

Banner-news

विवादास्पद बिध ल्याबले बुधबार परीक्षण नै रोक्यो, रिपोर्ट समेत दिएन


GDP Nepal
   १५ आश्विन २०७७, बिहिबार


काठमाडौं । कोरोना संक्रमण परीक्षणका लागि रातारात खुलेको बिध ल्याबका सम्बन्धमा विवादास्पद समाचार आउन थालेपछि यस ल्याबले परीक्षण नै रोकेको छ । बुधबार समय लिएर बिध ल्याबमा परीक्षणका लागि पुगेका सयौं सर्वसाधारणलाई बिधले स्वाब संकलन नै नगरी फर्काएको थियो भने मंगलबार नै परीक्षण गरेकाहरुको पनि रिपोर्ट दिइएन ।

बिधले कुपण्डोलस्थित हिमालय होटलमा स्वाब संकलन गर्दै आइरहेको छ भने रिपोर्ट सम्बन्धित व्यक्तिको मोबाइलमा पठाउने गरेको छ । मोबाइलमा रिपोर्ट नआए एसएमएस गर्ने सुविधा समेत दिएको छ । तर, मंगलबार स्वाब दिएका अधिकांशको रिपोर्ट नआएपछि फोन गर्दा नउठाएको तथा बागमती करिडोरमा रहेको बिध कार्यालयमा जाँदा ५ बजेपछि मोबाइलमा पठाइदिने आश्वासन दिइएको थियो ।

बिध ल्याब

तर, पाँच नबज्दै बिध ल्याब बन्द गरिएको र रिपोर्ट पनि नपठाएको पीडितहरुको गुनासो छ । कलंकीस्थित एक उपभोक्ताका अनुसार बिधको कार्यालयमा पटकपटक फोन गर्दा पनि उठाएनन् भने कार्यालयमा जाँदा ढोका बन्द गरेर सुरक्षाकर्मीले आज कोही हुनुहुन्न, भोलि आउनू भन्दै फर्काइदिएका थिए ।

बिधले उपलब्ध गराएको मोबाइल नम्बरमा एसएमएस गर्दा समेत कुनै जवाफ नआएको स्वाब संकलनका लागि दिएका एक युवाको भनाइ छ ।

यसअघि मंगलबार काठमाडौं प्रेस अनलाइनमा बिध ल्याबको गुणस्तरबारे प्रश्न उठाउँदै समाचार प्रकाशित भएको थियो । बिधको बदमासी र उच्च तहको राजनीतिक संरक्षणबारे गम्भीर समाचार आइरहँदा पनि सरकारले कुनै एक्सन लिन नसक्नुले झनै शंका जन्माएको छ ।

प्रकाशित : १५ आश्विन २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह