Logo

राजनीति

मानवीले छाडिन् साझा पार्टी


GDP Nepal
   २३ आश्विन २०७७, शुक्रबार


काठमाडौं । साझा पार्टीकी केन्द्रीय सदस्य मानवी पौडेलले पार्टीसँगको आवद्धता टुंग्याएकी छन् । साझा पार्टीको केन्द्रीय समिति पुनर्गठनको भोलिपल्ट उनले पार्टी छाडेको औपचारिक जानकारी दिएकी हुन् ।

पौडल साझा पार्टी स्थापना कालदेखि नै केन्द्रीय सदस्य रहँदै आएकी थिइन् । विभिन्न सामाजिक आन्दोलनबाट साझाको राजनीतिमा जोडिएकी मानवी वैचारिक नेतृ मानिन्छिन् । साझाका तत्कालीन प्रवक्ता डा. सूर्यराज आचार्यसँग निकट मानिएकी पौडेल पछिल्लो आचार्यको बहिर्गमनसँगै पार्टीसँग असन्तुष्ट थिइन् ।

मानवी पौडेल

पौडेलले पार्टी छाडेको जानकारी ट्वीटमार्फत दिएकी हुन् । उनले लेखेकी छन्ः

साझा पार्टीको केन्द्रीय सदस्य र साधारण सदस्यबाट अलग हुने निर्णय गरेको छु। पार्टीको संस्थापन काल देखिको राजनीतिक यात्रा मेरो जीवनको अविस्मरणीय कालखण्ड रहने छ। पार्टीमा रहँदाका सदस्य, सहकर्मी साथिहरू र अग्रज नेताहरू सबैमा सहयोग र मार्गनिर्देशका लागि हार्दिक आभार व्यक्त गर्दछु।

यसअघि साझाले सातवटै प्रदेश तथा साझा युवा संगठनबाट ३७ जना थपेर पार्टी केन्द्रीय समितिलाई ६५ सदस्यीय बनाउँदै पुनर्गठन गरेको जानकारी बिहीबार गराएको थियो ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह