Logo

Banner-news

अपिको ५६ लाख ७० हजार कित्ता हकप्रद, ४० मेगावाटको चमेलिया पनि बनाउँदै !


GDP Nepal
   २३ आश्विन २०७७, शुक्रबार


काठमाडौं । अपि पावर कम्पनीले ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निस्कासन गरेको छ । कम्पनीले यसका लागि धितोपत्र बोर्डबाट असोज १८ गते स्वीकृति प्राप्त गरेको थियो ।

कम्पनीका अनुसार गत फागुन ३० गतेसम्म कायम साविक सेयरधनीहरुले १ सेयर बराबर ०.४७६ को अनुपातमा हकप्रद भर्न सक्नेछन् । हकप्रद कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म भर्न सकिने जनाइएको छ ।

अपि पावर कम्पनी २०६० असार ५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई २०७० साउन ६ गते पब्लिक लिमिटेड कम्पनीमा परिणत भई जलविद्युत सम्बन्धी व्यवसाय गरिरहेको कम्पनी हो ।

अपिको हाल अधिकृत पूँजी ५ अर्ब, जारी पूँजी ४ अर्ब तथा चुक्ता पूँजी १ अर्ब १९ करोड रहेको छ । आव २०७६/०७७ को व्यवस्थापनबाट प्रमाणित अपरिष्कृत वित्तिय विवरण अनुरुप कम्पनीको जम्मा नेटवर्थ १३६ करोड छ भने जगेडा कोष तथा संचित नाफा १७ करोड रहेको छ । अपीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४ पैसा रहेको छ ।

कम्पनीले आफ्नो लगानी तथा बैक ऋणबाट सुदुर पश्चिम प्रदेश, दार्चुला जिल्लामा वहने नौगड गाढ नदीको पानी उपयोग गरी प्रथम आयोजनाको रुपमा ८.५ मेगावाट क्षेमताको नौगड गाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।

कम्पनीले दोस्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना मिति २०७६ साल कात्तिक १३ गतेबाट व्यापारिक उत्पादन गरी राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गरिरहेको छ ।

कम्पनीले ४० मेगावाट क्षमताको तेस्रो जलविद्युत आयोजना माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणमा लगानी गर्नका लागि शेयरधनीहरुबाट शेयर पूँजी जुटाउन हकप्रद शेयर जारी गरी रकम संकलन गर्ने योजना गरेको छ ।

प्रकाशित : २३ आश्विन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह