Logo

Banner-news

आन्दोलनरत पत्रकारको पक्षमा विश्व ट्रेड यूनियन महासंघ, मिडिया मालिकलाई चेतावनी


GDP Nepal
   २४ आश्विन २०७७, शनिबार


काठमाडौं । श्रमजीवी पत्रकार तथा कर्मचारीको जारी आन्दोलनमा विश्व टे«ड यूनियन महासघले ऐक्यवद्धता जनाएको छ । महासंघले शनिबार विज्ञप्ति जारी गर्दै कोभिड १९ को महामारीको बेला झण्डै ३ सयजना नेपालका श्रमजीवी पत्रकारले रोजगारी गुमाउनु परेको भन्दै रोजगारदाताको रवैयाप्रति आपत्ति जनाएको छ ।

विज्ञप्तिमा तीन सय पत्रकारलाई नोकरीबाट निष्कासन गरिएको, कतिपय पत्रकारहरुले लामो समयदेखि पारिश्रमिक नपाएको, सरकारले निर्धारण गरको न्यूनतम पारिश्रमिक अधिकांश व्यवस्थापनले लागू नगरको तथा श्रमजिवी पत्रकार ऐन र नियमावलीमा भएका व्यवस्था सञ्चार गृहले लागु नगरेको लगायतका माग राखी नेपालका श्रमजीवी पत्रकारहरुले सघर्षका कार्यअन्तर्गत रिले अनसन, धर्ना जस्ता सघर्षका कार्यक्रम सञ्चालन भएको सन्दर्भमा विश्व टे«ड यूनियन महासघको ध्यानाकर्षण भएको जनाइएको छ ।

विश्व टे«ड यूनियन महासघ ३ अक्टुवर १९४५ मा स्थापना भएको विश्वका १३० देशका १० करोड ५ लाख प्रगतिशिल एव समाजवादी विचार पक्षधर श्रमिकहरुको अन्तर्राष्ट्रिय टे«ड यूनियन हो ।

विज्ञप्तिमा भनिएको छ, यतिखेर कोभिड १९ को महामारीबाट उत्पन्न परिस्थितिका कारण श्रमिकहरुले झन जटिल, सकटपूर्ण परिस्थितिको सामना गर्नु परिरहको छ । कतिपय सरकारी कार्यालय, सार्वजनिक सस्था, निजी क्षेत्रमा अस्थायी, करार र डज्यालादारी कर्मचारीहरुलाई नोकरीबाट निकालिएको छ ।

राज्यको चौथो अंगको रुपमा प्रेस क्षेत्रमा कार्यरत श्रमजिवी वर्गलाई यस्तो कोरोना महामारीको बेला निष्कासन गर्ने र पाकेको तलव सुविधा रकम पनि लामो समयदेखिन भुक्तानी नदिने सञ्चार क्षेत्रका व्यवस्थापनको घोर अमानविय कार्य रहेको महासंघको भनाइ छ ।
पत्रकारीता वाहेक अन्य पेशा नहुने तथा २४ घण्टा नै पत्रकारिताको कार्यक्षेत्रमा सलग्न हुन श्रमजिवी पत्रकारहरुलाई यसरी विभिन्न सञ्चार गृहबाट गरिएको अमानवीय हर्कतको विरोध गरिएको छ ।

पत्रकारहरुले तलव नपाए पछि यस्तो महामारीको बेला र परिवारजन भोक भोकै बस्न वाध्य हुने र नो जब, नो इनकम, नो फुड, नो हेल्थ केयरको जुन स्थिति उत्पन्न हुँदैछ, सञ्चार माध्यमका व्यवस्थापनहरुबाट यस्तो स्थिति उत्पन्न गरिनुलाई विज्ञप्तिमा निन्दनीय भनिएको छ ।

विश्व टे«ड यूनियन महासघ समन्वय समिति नेपाल, श्रमजिवी पत्रकारहरुले सञ्चालन गरिरहेको आन्दोलनमा पूर्ण समर्थन र ऐक्यवद्धता प्रकट गर्दछ भनिएको छ । यस सम्वन्धमा यथाशिघ्र सरकार र राष्ट्रिय मानव अधिकार आयोगबाट अविलम्ब पहल गरी सम्वन्धित सञ्चार गृह व्यवस्थापन र आन्दोलनरत पत्रकारहरु बीच वार्ता गराई समस्या समाधान गर्न हार्दिक आग्रह गरिएको छ ।

विज्ञप्ति जारी गर्नेमा विश्व टे«ड यूनियन महासघ, समन्वय समिति नेपालका तर्फबाट संयोजक प्रेमल कुमार खनालसहित सहसंयोजक
मोहनमान स्वाँर, विश्वनाथ प्याकुरेल (अध्यक्ष), पेशागत महासघ, प्रेम प्रसाद खनाल (महासचिव), नेपाल राष्ट्रिय कर्मचारी महासघ, लोकराज भुषाल (कावा अध्यक्ष) अखिल नेपाल टे«ड यूनियन महासघ, मधु बहादुर बिसी (सयोजक), नेपाल टे«ड यूनियन फेडरेशन, चिराग कुँवर (अध्यक्ष), राष्ट्रिय प्रजातान्त्रिक टे«ड यूनियन महासघ नेपाल, रामेश्वर श्रेष्ठ (महासचिव), राष्ट्रिय प्रजातान्त्रिक टे«ड यूनियन महासघ, राजन तिमिल्सिना (अध्यक्ष) क्रान्तिकारी टे«ड यूनियन महासघ, केदार गिरी (अध्यक्ष) नेपाल स्वतन्त्र प्रगतिशिल टे«ड यूनियन महासघ, ईश्वर तिमल्सिना (अध्यक्ष) अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासघ रहेका छन् ।

प्रकाशित : २४ आश्विन २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह