Logo

Banner-news

जावा मोटरसाइकलको फेसबुकबाटै अनावरण, मूल्य ६ लाख ७६ हजार रुपैयाँसम्म !


GDP Nepal
   २८ आश्विन २०७७, बुधबार


काठमाडौं । नेपालमा आफ्नो बिक्रीको पदचिह्न विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ र नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरशीपका बिक्रीकक्षहरूको उद्घाटनको घोषणा गरेको छ । यो घोषणा कार्यक्रम अग्नि मोटोइंकको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिएको हो ।

भर्चुअल रुपमा आयोजित बजार प्रवेश कार्यक्रम अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले जावा मोटरसाइकलहरुको अनावरण गरे । जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५ सय रुपैयाँ तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

मोडल जावा फोर्टी टु भेरियन्टमा आएका छन्, जावा–फोर्टीटु सिंगल च्यानल एबीएस र जावा–फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः ६ लाख २० हजार र ६ लाख ४८ हजार रहेको छ ।

नेपाली बजारमा जावा तीन रंगका भेरिएन्टमा उपलब्ध हुनेछन्, ब्ल्याक, मरुन र ग्रे । यसैगरी जावा फोर्टी टु ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछ ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लु रहेको छ ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठले भर्चुअल समारोहमा भने, “हामी आज यस्तो दिनमा छौं, जुन दिनका लागि नेपालका मोटर साइकल चालक (राइडिङ समूह), जावाप्रेमीहरू लामो समयदेखि प्रतीक्षारत थिए, उहाँहरुमाझ यी क्लासिक मोटरसाइकल ल्याउन पाउँदा हामी उत्साहित भइरहेका छौं ।”

उनले अगाडि भने, “यो यात्राका लागि एक्लो विचार होइन, जावा एउटा साथीका रूपमा पनि आएको छ । सबैभन्दा अलग कुरा के हो भने जब तपाईंले जावामा हात उठाउनु हुन्छ, त्यसबेला तपाईं इतिहासको एउटा खण्डमा आफ्नो हात राख्दै हुनुहुन्छ । यस मोटरसाइकलले मोटर रेसहरूमा प्रभुत्व जमाएको छ, विश्वभरि थुप्रंै पदकहरू जित्यो, मानिसहरूको मन जित्यो र जावालाई आइकनिक बनाउने कुरालाई पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यसको डिजाईन र प्रदर्शन हो । र जाभाको पुनर्जीवनका पछाडि रहेको क्लासिक लेजेन्ड्सले यी धेरै पक्षहरूलाई कायमै राखेको छ । र, हामीसँग हाम्रो हातमा जे छ, त्यो आधुनिक प्रविधिले भरिएको क्लासिक लुकमा छ । भरपर्दो, अतुलनीय, अटुट जाभा एक क्लासिक र लिजेन्ड्री मोटरसाइकल हो । र, अग्नि समूहका हामी सबै क्लासिक लिजेन्ड्ससँग साझेदारी गरेर नेपालमा यो लिजेन्ड्सलाई अन्ततः नेपालमा ल्याउन पाएकोमा अत्यन्तै गर्वित छौं ।”

जावा मोटरसाइकलहरु काठमाडौंको उत्तरढोका र टेकुस्थित पूर्णतः नयाँ जावा शोरुमहरूसहित नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुनेछ भने देशभरि नै अग्नि मोटोइंकका जावा मोटरसाइकल शाखा र डिलरहरू क्रमसः स्थापना गर्दै जाने योजना रहेको छ ।

काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणगढ, लहान, बुटवल आदि स्थानमा यी बिक्री कक्षहरू पूर्ण सञ्चालनमा आएसँगै ग्राहकहरूले आफ्नै शहरमा जावा र जावा फोर्टी टु गरी दुई प्रतिष्ठित मोडलहरूको बुकिङ र टेस्ट–राइड गर्न सक्नेछन् ।

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह