Logo

Banner-news

कोरोना महामारीमा पनि हाउजिङको काम धमाधम (हेर्नुस् १० तस्बिरमा)


GDP Nepal
   २९ आश्विन २०७७, बिहिबार


काठमाडौं । विश्वव्यापी कोरोना महामारीले अर्थतन्त्र चलायमान हुन सकेको छैन । औद्योगिक उत्पादन घटेका छन् भने विकास निर्माणका काम पनि हुन सकेका छैनन् ।

नेपालमा पनि निर्माणसम्बन्धी काम नहुँदा लाखौं मजदुर एकैपटक बेरोजगार भएका छन् । दसैंका बेला केही कमाएरै घर परिवारको आवश्यकता पूरा गर्ने मजदुर खाली हात हुँदा यस वर्षको दसैं नै खल्लो हुने अवस्था छ ।

तर, काठमाडौंको गोलढुंगामा भने अलि फरक दृष्य देखियो । एक निजी हाउजिङ कम्पनीको घर निर्माणमा मजदुरको व्यस्तताले न कोरोना महामारीको कुनै संकेत गरेको थियो भने न दसैं नजिकिएको जस्तो नै देखिन्थ्यो ।

पाँच रोपनी क्षेत्रमा कुल १३ घर बन्ने यस हाउजिङ सीई कन्स्ट्रक्सनले निर्माण गरेको हो । कुल १ करोड ८२ लाखबाट सुरु हुने यसको मूल्य तुलनात्मक रुपमा सस्तो रहेको कम्पनीको दावी छ ।

प्रकाशित : २९ आश्विन २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह