Logo

सञ्जय दत्तलाई क्यान्सर भएको पुष्टि, आमा र श्रीमतीको क्यान्सरबाटै मृत्यु




नयाँदिल्ली (एजेन्सी): सुप्रसिद्ध भारतीय अभिनेता सञ्जय दत्तलाई कोरोनाको आशंकामा पीसीआर परीक्षण गरिए पनि कोरोना नभएको पुष्टि भएको छ । उनलाई सास फेर्न गाह्रो भएपछि उनको कोभिड १९ परीक्षण गरिए पनि सङ्क्रमण भएको देखिएन।

तर, शुक्रबार आएको एक अप्रत्यासित समाचारले उनका करोडौं फ्यानलाई भने दुखी तुल्याएको छ । सञ्जय आफैंले क्यान्सर भएको बताएका छन् । भारतीय सञ्जारमाध्यमले उनको स्वास्थ्यबारे केही सातादेखि विभिन्न अनुमान गर्दै आए पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा भिडिओ प्रेषित गर्दै आफू क्यान्सरबाट संक्रमित रहेको उनले पुष्टि गरेका छन् ।

सञ्जय दत्त

सञ्जयकीकी आमा नरगिसको सन् १९८१ मा र पहिली पत्ती ऋचा शर्माको १९९६ मा क्यान्सरकै कारण मृत्यु भएको थियो ।

६१ वर्षीय दत्तले आफूले चाँडै क्यान्सरलाई परास्त गर्ने विश्वास भिडियो सन्देशमा व्यक्त गरेका छन् । यसअघि गत अगस्ट महिनामा सास फेर्न गाह्रो भएपछि उनको कोभिड १९ परीक्षण गरिएको थियो। तर उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको देखिएन। त्यसपछि मुम्बईस्थित लीलावती अस्पतालमा विभिन्न परीक्षण गरियो।

अभिनेता दत्तले आगामी नोभेम्बर महिनादेखि नयाँ चलचित्रको छायाङ्कन गर्ने सुरु गर्ने बताएका छन्। उनले अहिलेसम्म १५० वटाभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् ।

सञ्जय दत्त र उनकी पत्नी मान्यताले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्नै प्रशंसकहरूलाई उनको अवस्थाबारे चिन्ता वा अनावश्यक अनुमान नगर्नू आग्रह गरेका छन्।

दत्त यसअघि सन् १९९३ मा मुम्बईमा भएका विस्फोटन र बन्दुकसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए। ती घटनामा २५७ मानिसको ज्यान गएको थियो भने ७१३ जना घाइते भएका थिए ।तर सन् २०१६ मा कारागरबाट छुटेपछि उनी फेरि चलचित्र उद्योगमा फर्किए।

सञ्जय दत्तले आफू लागुपदार्थको दुर्व्यसन र मुम्बई घटनामा दोषी ठहर भएको विषयमा खुलेरै अन्तर्वार्ता दिएका छन्। ती घटनाले आफूलाई बलियो बनाएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्