Logo

सूचना/प्रविधि

नेपाल टेलिकमको अटम र फेस्टिवल अफर


GDP Nepal
   ४ कार्तिक २०७७, मंगलबार


काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई परिमार्जन गरी अटम अफर उपलब्ध गराउने भएको छ । कम्पनीले घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म लागु हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागु हुने ‘तिहार अफर’ लाई फेस्टिभल अफरका रुपमा जोडेर एकैपटक दुइ अफर उपलव्ध गराउने भएको हो । 

अटम अफर
अटम अफरमा नयाँ प्याकेजका रुपमा सोसल मिडिया प्याक उपलब्ध हुने कम्पनीले नाएको छ । यस अन्तर्गत ३ दिनसम्म चलाउन मिल्नेगरी ५५ रुपैयाँ मा युट्युव अनलिमिटेड र फेसबुक अनलिमिटेड प्याकेज छुट्टाछुट्टै उपलब्ध हुने कम्पनीले जनाएको छ । यी अफर खरिद गरे पश्चात् सहुलियतस्वरुप १५ रुपैयाँमा ३ दिनसम्म सबै किसिमका एप्लिकेसन प्रयोग गर्न सकिने १ जिबी डाटाको एड अन प्याक खरिद गर्न सकिने जनाइएको छ ।

त्यस्तै, ४० रुपैयाँमा ३ दिनका लागि ७० मिनेट र १५ रुपैयाँमा ‘वान नाइट अनलिमिटेड’ भ्वाइस कल उपलब्ध हुने जनाइएको छ । कम्पनीले ‘वान डे डाटा प्याक’ अन्तर्गत कुनैपनि समय चलाउन मिल्ने प्याक १५ रुपैयाँमा १ सय एमबी प्राप्त गर्न सकिने जनाइएको छ । ‘थ्री डे डाटा प्याक’ ६० रुपैयाँमा ५ सय एमबी र वान डे डाटा प्याक अन्तर्गत १० रुपैयाँमा १ सय २० एमबी र १५ रुपैयाँमा २ सय ५० एमबी डाटा उपलब्ध हुने जनाइएको छ । 

फेस्टिभल अफर

फेस्टिभल अफरका रुपमा दशै÷तिहार र छठ पर्वलाई समेत समेटी जिएसएम/सिडिएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराउने जनाइएको छ । यसमा रिचार्ज कार्डबाट ५० वा एमपोसबाट २० देखि ५० रुपैयाँसम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ५ मिनेट बोनस प्राप्त हुने कम्पनीले जनाएको छ ।

रिचार्जकार्डबाट १ सय वा एमपोसबाट ५१ देखि १ सय रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी थप १० मिनेट बोनस प्राप्त हुनेछ । रिचार्ज कार्डबाट २ सय वा एमपोसबाट १ सय १ देखि २ सय रुपैयाँ रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी २० मिनेट थप बोनस प्राप्त गर्न सकिनेछ । एमपोसबाट २ सय १ देखि ४ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा सोही दिन प्रयोग गर्नुपर्ने गरी ३० मिनेट बोनस प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । 

यसैगरी, रिचार्ज कार्डबाट ५ सय वा एमपोसबाट ५ सय देखि ९ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने गरी ५० मिनेट बोनस र रिचार्ज कार्डबाट १ हजार वा एमपोसबाट १ हजार रुपैयाँ वा सोभन्दा माथि रिचार्ज गर्दा दुई दिनमा प्रयोग गर्न सकिने गरी १ सय मिनेट बोनस प्राप्त हुने कम्पनीले जनाएको छ ।

प्रकाशित : ४ कार्तिक २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह