Logo

Banner-news

महासंघमा उम्मेदवारको मनोनयन आजबाटै, इमेलबाटै उम्मेदवारी, मतदान मंसिर १३ गते


GDP Nepal
   ५ कार्तिक २०७७, बुधबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि बहुप्रतिक्षित निर्वाचनका लागि प्रक्रिया अघि बढेको छ । जसअनुसार उम्मेदवारले आजबाटै मनोनयन दर्ता गर्न सक्नेछन् भने मंसिर १३ गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

महासंघ निर्वाचन समितिले बुधबार जारी गरेको सूचनाअनुसार मंसिर ११ र १२ गते साधारणसभा तथा १३ गते निर्वाचन हुनेछ । सूचनामा आजदेखि उम्मेदवारहरुले मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्नसक्ने छन् ।

इमेलबाटै मनोनयन दाखिला गर्न सकिने र त्यसको सक्कल कागजात भने मंसिर ४ गतेभित्र बुझाइसक्नुपर्ने उल्लेख छ । उम्मेदवारको नामावली सोही दिन प्रकाशन हुनेछ ।

यस्तै, मतदान गर्न पाउने सदस्यहरुको नामावली मंसिर २ गते प्रकाशन हुनेछ भने त्यसको भोलिपल्टसम्म नामावलीमाथि दावी विरोध गर्न पाइनेछ ।

सक्कल कागजातका आधारमा मंसिर ५ गते उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सोही दिन उम्मेदवारको नामावलीविरुद्ध दावी विरोध तथा तेस्रो नामावली प्रकाशन हुनेछ ।

मतदान गर्न पाउने सदस्य तथा प्रतिनिधिको अन्तिम नामावली मंसिर ११ गते प्रकाशन हुने तथा उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिने समय मंसिर ६ गतेदेखि ८ गतेलाई तोकिएको छ ।

मंसिर ८ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने तथा १३ गते बिहान निर्वाचन भइ निर्वाचन सम्पन्न भएलगत्तै गणना गरी नतिजा घोषणा गरिने उल्लेख छ ।

महासंघले निर्वाचन समितिमा उपेन्द्रकेशरी न्यौपानेलाई मुख्य निर्वाचन अधिकृत तथा लिलामणि पौडेल र रमण कुमार कर्णलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ ।

महासंघ निर्वाचनका लागि चन्द्रप्रसाद ढकाल र किशोर कुमार प्रधान टीमसहित तयारीमा छन् ।

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह