Logo

Banner-news

भदौमा पनि बढ्यो रेमिट्यान्स, १६६ अर्ब भित्रियो !


GDP Nepal
   ५ कार्तिक २०७७, बुधबार


काठमाडौं । कोरोना कहरले वैदेशिक रोजगारी नराम्ररी प्रभावित भए पनि विदेशमा रहेका नेपालीले पठाउने रकम अर्थात रेमिट्यान्समा भने प्रभाव पारेको छ्रैन । नेपाल राष्ट्र बैंकका अनुसार भदौ महिनामा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भई १६५ अर्ब ७३ करोड पुगेको छ ।

जबकि अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेकोे थियो ।

भदौमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने ९९.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.२ प्रतिशतले बढेको
थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८६.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १०.३ प्रतिशतले बढेको थियो ।

भदौमा अवधिमा खुद ट्रान्सफर ४.४ प्रतिशतले वृद्धि भई १८३ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ०.५ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार भदौमा चालू खाता २६ अर्ब ७ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २२ अर्ब ६९ करोडले घाटामा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २० करोड ३ लाखले
घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड ७६ लाखले बचतमा रहेको छ ।

केन्द्रीय बैंकमा रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा १७५ अर्ब ७१ करोड रहेकोमा २०७७ भदौ मसान्तमा १७८ अर्ब ६६ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।

प्रकाशित : ५ कार्तिक २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह