Logo

Banner-news

पत्रकारलाई तलब र दशैं भत्ता नदिने मिडियाविरुद्ध महासंघ कठोर, दशैं बीचमै आन्दोलन


GDP Nepal
   ६ कार्तिक २०७७, बिहिबार


काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई तलब र दशैं खर्च नदिने मिडियाको रवैयाप्रति आपत्ति जनाउँदै दशैं बीचमा पनि आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले फूलपातीको अघिल्लो दिनसम्म श्रमजीवी पत्रकार, कामदार र कर्मचारीहरुलाई वडा दशैं नै खल्लो हुनेगरी पारिश्रमिक भुक्तानी नगर्नु सञ्चार गृहहरुबाट श्रमप्रतिको चरम अपमान भएको ठहर गरेको छ र यस्तो कार्यप्रति घोर आपत्ति जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा मजीवी पत्रकारले कानुनमै किटान गरिएका सेवा–सुविधाहरु प्राप्त गर्न निरन्तर आन्दोलित हुनुपर्ने विद्यमान परिस्थितिको अन्त्यका लागि महासंघ सरकार र सरोकारवाला पक्षसँग आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, श्रमको सम्मान नगर्ने सञ्चार गृहहरु विरुद्ध कठोर हुन बाध्य हुने चेतावनी दिन चाहन्छ । महासंघमा प्राप्त गुनासाका सम्बन्धमा सञ्चार गृहहरुमा आकस्मिक अनुगमन गरी महासंघ तत्कालै समस्याग्रस्त सञ्चार गृहहरु केन्द्रित दबाबमूलक आन्दोलनमा उत्रने व्यहोरा पनि अवगत गराइन्छ ।

महासंघद्वारा जारी विज्ञप्तिको पूर्णपाठ

श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका सवालमा नेपाल पत्रकार महासंघले सञ्चार गृहहरुमा निरन्तर खबरदारी, वार्ता, दबाबमूलक आन्दोलनका साथै कानुनी संघर्षलाई निरन्तरता दिँदै आएको विदितै छ । महासंघको यो प्रयासका बाबजुद सञ्चार गृहहरुले विगतमा उपलब्ध गराउँदै आएको दशैं खर्च, नियमित पारिश्रमिक तथा बक्यौता भुक्तानीसमेत यसपटक नगरेको जानकारी हुन आएकोप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।


फूलपातिको अघिल्लो दिनसम्म श्रमजीवी पत्रकार, कामदाररकर्मचारीहरुलाई वडा दशैं नै खल्लो हुनेगरी पारिश्रमिक भुक्तानी नगर्नु सञ्चार गृहहरुबाट श्रमप्रतिको चरम अपमान भएको महासंघ ठान्दछ र यस्तो कार्यप्रति घोर आपत्ति जनाउँदछ ।


श्रमजीवी पत्रकार ऐन–२०५१ र त्यस अन्तर्गतका नियमावली तथा निर्णयहरु कार्यान्वयनमा सरकारी निकायको उदासिनताका कारण आम श्रमजीवी पत्रकारले कानुनमै किटान गरिएका सेवा–सुविधाहरु प्राप्त गर्न निरन्तर आन्दोलित हुनुपर्ने विद्यमान परिस्थितिको अन्त्यका लागि महासंघ सरकार र सरोकारवाला पक्षसँग पुनः आग्रह गर्दछ ।

महासंघ फेरि पनि सम्पूर्ण सञ्चार गृहहरुलाई दबाबमूलक बिदामा राखिएकालगायत सबै श्रमजीवी पत्रकार, कामदाररकर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा– सुविधाहरु तत्काल भुक्तानी गर्न जोडदार माग गर्दछ । साथै, कोरोना महामारीको बहानामा निष्काशन गरिएकाको पुर्नस्थापना, गैरकानुनी सरुवा रद्ध, घटाइएको पारिश्रमिक वृद्धिलगायतका श्रम समस्या हल गर्न पनि पुनः आग्रह गर्दछ ।

अन्यथा महासंघ श्रमको सम्मान नगर्ने सञ्चार गृहहरु विरुद्ध कठोर हुन बाध्य हुने चेतावनी दिन चाहन्छ । महासंघमा प्राप्त गुनासाका सम्बन्धमा सञ्चार गृहहरुमा आकस्मिक अनुगमन गरी महासंघ तत्कालै समस्याग्रस्त सञ्चार गृहहरु केन्द्रित दबाबमूलक आन्दोलनमा उत्रने व्यहोरा पनि अवगत गराइन्छ ।
रमेश विष्ट
महासचिव

प्रकाशित : ६ कार्तिक २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह