Logo

Banner-news

हुन्डाईको ब्रान्ड भ्यालू हरेक वर्ष एक प्रतिशत वृद्धि, विश्वको पाचौं ब्राण्डमा उक्लियो


GDP Nepal
   ७ कार्तिक २०७७, शुक्रबार


काठमाडौं । हुन्डाई मोटरको विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले वृद्धि हुँदै गएको छ ।

हरेक वर्ष १४.३ बिलियन अमेरिकी डलर मूल्य वृद्धि हुँदै ग्लोबल अटोमोटिभ ब्राण्डको ५ औं ब्राण्ड र समग्रमा ३६ औं ब्राण्ड माकोविड(१९महामारीको कारण मन्दी बजार भए पनि पर्न सफल बनेको छ ।

पछिल्लो छ वर्ष देखि हुन्डाई कम्पनीले इन्टरब्राण्डमा ४० ग्लोबल कम्पनीमध्ये एक रहेको छ । सन् २००५ मा टप एक सय कम्पनीमा पर्दै आएको हुन्डाई, गत १५ वर्ष देखि लगातार प्रगतिगर्दै आइरहेको छ र उत्कृष्ट सयको सुचीमा सधै रहदै आएको छ ।

इन्टरब्राण्ड भ्यालुएसन ग्लोबल डिरेक्टर, माइक रोचाको अनुसार, हुन्डाई मोटर कम्पनीको ब्राण्ड मूल्य इभी लाइनअप आयोनिकको लन्च, फ्युचर मोभिलीटिमा लगानी र अनलाइन सेल्स च्यानलको मार्फत ब्राण्डको छिट्टो मार्केट रेस्पोन्स र सोसियल कन्ट्रीब्युसन क्रियाकलापको कारण वृद्धि हुँदै गएको हो ।

कम्पनीले सामाजिक संजालको सेल्स च्यानलको माध्यमबाट विद्धुतीय ब्याट्री र फ्युल(सेल विद्युतीय गाडीको बिक्री वृद्धि गरेको छ ।

हुन्डाई मोटर्सको मोबिलिटी इलेक्ट्रिफिकेसन कमिटमेन्ट पछिल्लो पटक लन्चगरिएको इभी ब्राण्डबाट आयोनिक देखिन्छ । कम्पनीको इन्नोभेट मोडेलमा आयोनिकको मातहतमा कम्पनीले आउँदो चार वर्षमा तीन नयाँ मोडेल लन्च गर्ने तयारीमा रहेको छ ।

हुन्डाईले इभीको ग्लोबल मार्केटमा आफ्नो प्रभुत्व कायम गर्न आयोनिकको नयाँ मोडेल सहित बजारको मागअनुसार चल्ने बताएको छ ।

हुन्डाई मोटर्सले हाइड्रोजेन फ्युल सेल प्रविधिमा लगानी संगै यातायातको क्षेत्रमा भइरहेको व्यापक परिवर्तनलाई पनि कायम गरेको छ । कम्पनीले हालै स्विट्जरल्यान्डमा फ्युल सेलको हेभी(ड्युटी सेल इलेक्ट्रिक ट्रकको सातवटा युनिट वितरण गरको छ र यस वर्षमा थप ५० वटा त्यस्तो ट्रक बजारमा उपलब्ध गराउने योजना रहको जनाएको छ ।

सन् २०२१ सम्ममा फ्युल(सेल ट्रकको उत्पादन क्षमता हरेक वर्ष दुई हजार ट्रक उत्पादन हुने रहेको छ र यसको मुख्य बजार युरोप, अमेरिका र चीनमाहुने बताएको छ ।

कम्पनीले शहरी क्षेत्रमा ट्राफिक चुनौतीहरुलाई समाधान गर्नको लागि नयाँ मोबिलिटी परिवर्तन, अर्बन एयर मोबिलिटी (यु ए एम ) को तयारीमा रहेको छ । रोबोटिक्सको क्षेत्र, अटोनोमस ड्राइभिङ प्रविधि र फ्युचर मोबिलिटीमा आफ्नो प्रतिस्पर्ध कायम राख्नको लागि कम्पनीले थुप्रै अनुसन्धानतथाविकासको आयोजनामा सहकार्य गर्दै आएको छ ।

हुन्डाई मोटर कम्पनीका ग्लोबल चिफ मार्केटिङ अफिसर वोहोङ चो भन्छन्– हामीले अहिलेको व्यापक बढ्दै गरको बजार र अवस्थालाई मध्यनजर गर्दै फ्युचर मोबिलिटीमा नेतृत्वगर्ने योजना लिएका छौं र कोरोनाजस्ता अप्रत्याशित कारकहरुलाईले निम्त्याएको समस्यालाई पनि समाधानका लागि पनि तत्पर रहेका छौं ।

उनले भने– कम्पनीको फ्युचर मोबिलिटीमा गरेको भव्य निर्णयसँगै ग्राहक तथा मानिसहरुमा अझ राम्रो अनुभवको बारेमा केन्द्रित रहने छ र कम्पनीको लागि मानिसहरुको खुसी नै सबै भन्दा महत्वपूर्ण हुनेछ ।

हुन्डाईले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै आफ्नो विश्वव्यापी अनलाइन च्यानलमा काम तिब्र बनाएको छ । जस्तै, अमेरिका र भारतमा क्लिक टु बाइ सुविधाले कम्पनीको व्यापार वृद्धि भएको छ ।

युरोपमा पनिउक्त सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस सेवाको कारण कम्पनीले १.५ मिलियन भर्चुअल भिजिटर्स, २० हजार सेल्स इन्क्वाइरीज र दुई हजार भन्दा अधिक बिक्रि गरको छ । अमेरिकामा ९५ प्रतिशत भन्दा अधिक ग्राहकले क्लिक टु बाइ सेवा प्रयोग गरेका छन् ।

हुन्डाई कम्पनीले कोरोना महामारीको कारण समस्यामा परेकाथुप्रै मानिसलाई सहयोग गर्दै आएको छ । जस्तै कम्पनीले सरसफाईको प्रोडक्ट्स तथा बिरामीको यातायातको व्यवस्थातथा स्वास्थ्यकर्मीको उपचार र थुप्रै आर्थिक सहयोग साथै आफ्नो ग्राहकहरुलाई विभिन्न सेवा पनि उपलब्ध गर्दै आएको छ ।

यसको क्रियाकलापको कारण हुन्डाई कोरोनामहामारीको समयमापनिआफ्नो ब्राण्ड मुल्य वृद्धि गर्ने कम्पनी बनेको छ । जसका कारण कम्पनीको रेन्किङ पहिलो वर्षको तुलनमा एक स्थानको वृद्धि भई विश्वव्यापी मोटर वाहन कम्पनीहरूमध्ये पाँचौंमा पुगेको छ ।

प्रकाशित : ७ कार्तिक २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह