Logo

Banner-news

पोखराका होटलमा क्वारेन्टाइन र आइसोलेसन सुरु गर्न बतासको सुझाव


GDP Nepal
   ७ कार्तिक २०७७, शुक्रबार


काठमाडौं । सामाजिक उद्यमी आनन्दराज बतासले पोखराका होटलमा पनि कोरोना पोजेटिभहरुका लागि क्वारेन्टाइन र आइसोलेसन व्यवसाय सुरु गर्न सुझाव दिएका छन् । बतासले काठमाडौंका तारे होटलले समेत आइसोलेसन र क्वारेन्टाइनबाट अहिलेको संकटका बेला राम्रै व्यवसाय गरिरहेको स्मरण गराउँदै पोखरामा पनि होटलहरुले यसमा ध्यान दिनुपर्ने बताएका हुन् ।

उद्यमी बतासले काठमाडौंको सोल्टीलगायत पाँच तारे होटलले क्वारेन्टाइन र आइसोलेसनबाट राम्रै आर्जन गरेको विषय लुकेको छैन भन्दै फेसबुकमा लेखेका छन्–समयको माग र आवश्यकतालाई आत्मसात गर्नु व्यावसायिक सचेतना अर्थात प्रोएक्टिभ हुनु सफल र जिम्मेवार व्यवसायीको संकेत हो ।

हालसम्म पोखरा क्षेत्र काठमाडौंभन्दा सुरक्षित भए पनि उले यसमा ढुक्क भएर बस्न भने नसकिने बताएका छन् । कोरोना नियन्त्राणका लागि प्रभावकारी काम गर्नुका साथै निकट भविश्यमा नै आउने बिकराल समस्याको सम्भावनालाई होटल व्यवसायीले पनि आत्मसात गर्नुपर्ने उनको भनाइ छ ।

उद्यमी बतासले लेखेका छन्– संकट आउनसक्ने यथार्थलाई नजरअन्दाज नगरोैं र दिनानुदिन कोरोना पोजेटिभहरु देखिँदै र बढ्दै गएको यथार्थलाई पनि मनन गरोैं ।

पोखरामा संक्रमण दर बढ्दै गए व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ । सीमित अस्पताल र बेडका कारण अस्पतालमा सबै बिरामीको व्यवस्थापन सम्भव नहुने र लक्षण नदेखिएका संक्रमितका लागि होटल क्वारेन्टाइन नै उपयुक्त हुने उनको भनाइ छ । यस्तै, कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुका लागि आवश्यक आइसोलेसनका लागि पनि पोखराका होटल व्यवसायी तयार हुनुपर्ने उनी बताउँछन् ।

सात महिनादेखि पर्यटक नआउँदा पर्यटकीय राजधानी पोखरा सुनसान छ र यस्तो बेला वैकल्पिक आम्दानीको स्रोतप्रति नजरअन्दाज गर्न नहुने उनको भनाइ छ ।

संकटका बेला कोरोना पोजेटिभलाई सेवा दिनु व्यवसायमात्र नभइ मानवीय धर्मसमेत भएको बतास बताउँछन् । उनी भन्छन्– कोरोना पोजेटिभ देखिएका तर हस्पिटलमा नै बस्नु नपर्नेहरुलाई क्वारेन्टाइन र आइसोलेसनमा राख्न हाल बन्द भएका होटेल व्यवसायीहरुले किन सेवा भावमा थोरैमात्र व्यावसायिता राखि सुरु नगर्ने ??

प्रकाशित : ७ कार्तिक २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह