Logo

Banner-news

कोभिड–१९ प्रभावित एसएमईलाई धितोरहित कर्जा र १८ महिनासम्म ब्याज मिनाहा


GDP Nepal
   ९ कार्तिक २०७७, आइतबार


काठमाडौं । कोभिड–१९ बाट प्रभावित तर व्यवसाय गर्ने क्षमता भएका व्यवसायलाई धितोरहित कर्जा र १८ महिना सम्मको लागि व्याज पनि मिनाहा गरिने भएको छ । यस्ता व्यवसायहरु मध्ये छनोटमा परेका व्यावसायीहरुले आफ्नो व्यावसाय अनुकूल परामर्श पनि प्राप्त गर्ने भएका छन् ।

स्वीस सरकार बिकास सहयोग (एसडीसी) को सहयोगमा वान टु वाचले एन एम बि बैंक र लक्ष्मी बैंक संग साझेदारी गरि कोभिड १९ एमएसएमई
कोषको घोषणा गरेको छ्र । यो कोषको मुल उद्देश्य कोभिड – १९ बाट प्रभावित लघु, साना तथा मझौला व्यावसायहरुलाई सहयोग दिने रहेको छ ।

यही कोषमार्फत धितोरहित कर्जा र ब्याज मिनाहा गर्न लागिएको हो । यो कोषद्वारा करिब सय व्यवसायलाई सहयोग प¥याउने र करिब १ हजार रोजगारी जोगाउने अपेक्षा गरिएको छ ।

एसएमई कोषबाट व्यवसायहरुलाई छोटो अवधिको लागि कर्जा प्रदान गर्नुका साथै व्यवसाय अनुकूल परामर्श र तालिम पनि प्रदान गरि व्यवसायको दिर्घायु निरन्तरतामा सहयोग पु¥याउन र रोजगारी जोगाउन मद्दत गर्ने छ ।

वान टु वाचका प्रबन्ध निर्देशक सुमन जोशी भन्छन्– यस्तो विषम परिस्थितिमा, यो कोषले वान टु वाचको लगानी र व्यवसाय परामर्शको विशेषज्ञताको प्रयोग गर्दै उच्च क्षमता भएका व्यवसायलाई पहिचान गरि सहयोग गर्नेछ । आशा छ कि यो पहल एक पायलट÷प्रयोगात्मक हुनेछ जसमा अरु बैंक साझेदारहरुको सहभागिता बढ्दै जानेछ ।

यस्तै, परियोजनाका सम्बन्धमा नेपालको लागि स्विस राजदूत एलिजाबेथ भोन क्यापेलर भन्छिन्– लघु, साना तथा मझौला व्यावसायहरु नेपालको अर्थतन्त्रको मेरुदण्ड हुन् । यी व्यवसायहरुले धेरै रोजगारी प्रदान गर्छन् र नवीनताका चालक हुनुका साथै नयाँ रोजगारी पनि प्रदान गर्दछन् । तसर्थ, यी व्यवसायहरुको आथिक अवस्थामा सुधार ल्याउँदा समग्र अर्थतन्त्र नै पुनः चलायमान गर्न बलियो
जग खडा गर्न सकिने छ । लामो समय देखि नेपालको विकास साझेदारका रुपमा रहेको एसडिसि ले निजी क्षेत्रसंगको साझेदारीमा गरिने यस पहललाई
सहयोग गर्दा गर्व महसुस गरेका र्छौं ।

लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह भन्छन्– हामी एक खुद«ा तथा एमएसई केन्दि«त बैंंक हौं, हामी आशावादी छौं कि यो सहकार्यले ऋण योग्य साना उद्यमीहरुलाई बैकं ऋणको पहुँचले यस विषम परिस्थितिमा, व्यवसाय र जिविका चलाउन सहयोग पु¥याउने छ । हाम्रो धारणा यो छ कि एमएसई हरुलाई यस समय विशेष ध्यान र सहयोगको आवश्यकता छ र यस क्षेत्रले देशको अर्थतन्त्र पुनः चलायमान गर्नका साथै दीर्घकालीन अवधिमा अर्थतन्त्रलाई गति दिएर टेवा पु¥याउने छ ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी भन्छन्– एनएमबी बैंकको प्राथमिकता भनेको दिगो बैकिङ्ग हो र एमएसएमई नै अर्थतन्त्रको दिगो बृद्धिको प्रमुख चालक हुन भन्ने हाम्रो धारणा हो । सम्पूर्ण व्यासायिक क्षेत्रहरु विशेष गरि एमएसएमई अहिले कमजोर छ र घाटा बेहोरी राखेको छ । यस्ता व्यवसायहरुको पुनरुद्धार योजनालाई साथ दिन, एनएमबी बैंक, एक साझेदार बैकंको रुपमा अति प्रभावित व्यवसायलाई धितो रहित कर्जा प्रदान गर्न प्रतिबद्ध छ । एनएमबी बैंकले यस्तो अन्य पहलहरु लाई समर्थन प्रदान गर्न प्रतिवद्ध छ ।

प्रकाशित : ९ कार्तिक २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह