Logo

बजेटपछि १०० अंकले घट्यो नेप्से, नेप्सेसँगै अर्थमन्त्रीकाे पदावधिमा पनि राताे चिह्न




काठमाडौं । सरकराले ल्याएको आर्थिक वर्ष २०७५÷७६ को बजेटपछि लगातार घटिरहेको सेयर बजारमा कुनै सुधारको लक्षण छैन । राष्ट्रियसभा सदस्यसमेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल २ वर्षमात्र तोकिँदा पनि सेयर बजारमा कुनै उत्साह देखिएन ।

सेयर विश्लेषक तथा पूर्वबैंकर राजु नेपालका अनुसार बजेट भाषणको दिनदेखि आजको कारोबार मध्य हुँदासम्म सेयर बजार परिसूचक नेप्से १०० अंक घटिसकेको छ ।

विश्लेषक नेपालले व्यंग्यात्मक शैलीमा खतिवडाको बजेटपछि नेप्से घटेको भन्दै लेखेका छन्, – नेप्से १०० अंक घटेर सतक पुरा गर्न सफल भएकोमा लगानीकर्ताहरुमा बधाई ज्ञापन गर्न चाहान्छु । साथै छक्का चौका सहितका अर्थमन्त्रीको ब्याटिङ्ग अझै जारी रहेकोले दोहोरो सतकको लागि शुभकामना समेत व्यक्त गर्न चाहान्छु ।

सोमबार साढे १ बजेसम्म बजार १०.६३ अंकले घटेको छ भने सबै समूहगत परसूचक राताम्मे भएका छन् ।

यता, राष्ट्रियसभामा भएको सदस्यहरुको गोलाप्रथामा अर्थमन्त्री खतिवडाले २ वर्षमात्र भएको गोला थुतेका छन् । उनलाई पुनः सांसद बनाउने निर्णय पार्टीले गरेन भने त्यसको ६ महिनापछि उनी मन्त्री पदमा बहाल रहन पाउने छैनन् ।

जानकारहरुका अनुसार २ वर्षसम्मको काम हेरेर खतिवडालाई हटाउन केपी ओली नेतृत्वको सरकारलाई अब सहज भएको छ ।

प्रतिक्रिया दिनुहोस्