Logo

बैंक / बिमा /शेयर

स्ट्याण्डर्ड चार्टर्ड नेपालको सीएफओमा विद्या कुमार नियुक्त


GDP Nepal
   १८ कार्तिक २०७७, मंगलबार


काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको चिफ फाइनान्स अफिसर (सीएफओ)मा विद्या कुमार नियुक्त भएकी छन् । यसअघि युनाइटेड अरब इमिरेट्सको स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रिटेल बैंकिङ तथा वेल्थ म्यानेजमेन्टका लागि बिजनेस फाइनान्स पार्टनर रहेकी विद्यालाई नेपालस्थित बैंकको सीएफओमा नियुक्ति दिइएको हो ।

विद्या कुमार

विद्याले सन् १९९८ बाट बैंकिङ करिअर सुरु गरेकी हुन् । आइसीआइसी बैंक इन्डियासहित भारतकै जी मोर्गनमा काम गरेकी विद्यासँग १९ वर्षको अनुभव छ ।

नवनियुक्त सीएएफओसँग फाइनान्स, परफरमेन्स म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ, बिजनेस इनफरमेसन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एन्ड एनालाइसिस, स्ट्राटेजिक फाइनान्सियल एडभाइजरी थ्रु ट्रान्सफरमेसन, बिजनेस इनफरमेसन म्यानेजमेन्ट एन्ड कन्ट्रोललगायतका क्षेत्रको अनुभव रहेको जनाइएको छ ।

विद्या चार्टर्ड एकाउन्टेन्ट हुन् । उनले भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्सबाट कोर्स पूरा गरेकी थिइन् । ्

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह