Logo

Banner-news

चाउचाउका पायोनियर सूर्यबहादुर केसी रहेनन्, व्यवसायदेखि राजनीतिसम्म रिक्तता


GDP Nepal
   १८ कार्तिक २०७७, मंगलबार


पोखरा । नेपाली चाउचाउ उद्योगका पायोनियर मानिने उद्योगी सूर्यबहादुर केसीको निधन भएको छ । लोकप्रिय चाउचाउ राराको उत्पादन तीसको दशकदेखि नै सुरु गरेका केसी व्यवसाय र राजनीति दुवैमा सफल थिए ।

केसीको जलविद्युत क्षेत्रमासमेत ठूलो लगानी छ भने उनी माछापुच्छ्रे बैंकका संस्थापक समेत हुन्। केसी संस्थापक भएरै शुरु गरेको माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालय अहिहले पनि पोखरा नै रहेको छ ।

सूर्यबहादुर केसी

प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद समेत रहेका केसीको निधनले उद्योग व्यवसायदेखि राजनीतिसम्म ठूलो रिक्तता महशुस भएको छ । राजनीतिमा लागेर राप्रपाको कोषाध्यक्षसमेत भएका केसी पछिल्लो समय नेपाली कांग्रेसमा सक्रिय थिए ।

केसी गत निर्वाचनअघि नेपाली कांग्रेस प्रवेश गरेका हुन् भने उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले आमन्त्रित केन्द्रीय सदस्यका रुपमा मनोनयन गरेका थिए । सांसद केसीको सोमबार राति १०ः३० बजे निधन भएको हो । उनको मंगलबार बिहान ९ः३० बजे अन्तिम संस्कार हुने पारिवारिक स्रोतले बताएको छ ।

व्यवसायी तथा सांसद केसीको सामाजिक क्षेत्रमा पनि उनको उच्च योगदान रहेको छ । समाजसेवा तथा दान दातव्यमा उनी मन फुकाएर सहयोग गर्ने गर्थे। ६५ वर्षीय केसीमा पहिलेदेखि मिर्गौलाको समस्या रहेको थियो । उनको अचानक रक्तचाप कम भएपछि निधन भएको पारिवारिक स्रोतले बताएको छ ।

कोरोना भाइरसको महामारी फैलिएसँगै उनको मिर्गौला रोगको नियमित फलोअप समेत हुन पाएको थिएन। फलोअपका लागि उनी भारतको नयाँ दिल्ली जाने गर्ने । त्यहि उनको उपचारपछि नियमित फलोअप हुँदै आएको थियो। सांसद केसी लामो समयदेखि सुगर र उच्च रक्तचापका पनि बिरामी थिए । केसी पोखरा उपमहानगरपालिकाका तत्कालीन प्रधानपञ्च थिए । उनी पहिलो संविधानसभामा राप्रपाबाट सांसद बनेका थिए ।

प्रकाशित : १८ कार्तिक २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह