Logo

Banner-news

घाइते व्यवसायीको हवाई उद्धारले तरंगः व्यवसायी भन्छन्, अभिभावकत्व महशुस भयो !


GDP Nepal
   १९ कार्तिक २०७७, बुधबार


काठमाडौं । गत सोमबार राती सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्यसमेत रहेका रोल्पा उद्योग वाणिज्य पूर्वअध्यक्ष किशोर आचार्य र कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारीलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइयो ।

कोरोना कहरले एम्बुलेन्ससमेत पाउन मुश्किल रहेका बेला हेलिकप्टरबाट व्यवसायीको उद्धार सम्भव भयो महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको सहयोगका कारण । ठूलो दुर्घटनामा ढकालको सहयोग सामान्य भए पनि यसले व्यवसायीमाझ भने नयाँ तरंग सिर्जना गरेको छ ।

आचार्य र अधिकारीले दुर्घटनापछि जसरी महासंघ नेतृत्वको सहयोग पाए र सहज रुपमा काठमाडौंमा उनीहरुको उपचार हुन सक्यो, त्यसले महासंघ नेतृत्वप्रति आशा र भरोसा बढाएको जिल्ला नगर क्षेत्रका उद्यमी व्यवसायी बताउँछन् । व्यवसायीको दुःखमा जहिले पनि अघि सर्ने ढकालको यस्तै स्वाभावका कारण उनी महासंघको नेतृत्वमा पुग्नुपर्ने आम व्यवसायीहरुको मत रहेको छ ।

महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारसमेत रहेका ढकालको पक्षमा देशैभरका व्यवसायी खुलेरै प्रस्तुत हुन थालेका छन् । ढकालले एयरलिफ्टमार्फत उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गराएसँगै जिल्ला तथा नगरका अध्यक्षहरुले समग्र उद्योग वाणिज्य महासंघको हितको लागि पनि अबको निर्वाचनमा उनलाई जिताउनु पर्ने बताएका हुन् ।

महासंघका केन्द्रिय सदस्य एवं झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष उमेश डालमिया भन्छन्, ढकालले चक्र अधिकारी र किशोर आचार्यको सवारी दुर्घटना भएसँगै दिनरात आफै खटेर जसरी एयरलिफ्टमार्फत काठमाडौं ल्याउनु भयो त्यो गुन हामी तिर्न सक्दैनौं । यसैले हामी निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि पनि अब आउने निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा ढकाललाई जिताउनु जरुरी छ ।

ढकाल आफैं कोरोना संक्रमणमा परेर केही समयअघि मात्र संक्रमणमुक्त भए पनि आफ्नो स्वास्थ्यभन्दा व्यवसायीको दुःखमा साथ दिन अगाडि बढ्नु व्यवसायीका लागि गौरव भएको व्यवसायीहरु बताउँछन् ।

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे पनि दुर्घटनामा परेका महासंघका आफ्ना साथीहरुको उद्धारका लागि खटिने पाल्पा उद्योग वाणिज्य संघ र ढकालप्रति विशेष आभार व्यक्त गरेका छन् । उनी भन्छन्– दुर्घटनामा परेका महासंघका हाम्रा साथीहरु चक्र अधिकारी र किशोर आचार्यको उद्धारका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकाल आफै खटिएर हेलिकप्टरमार्फत उद्धार गर्नुभयो त्यसको लागि उद्योग वाणिज्य संघ परिवार हार्दिक धन्दवाद प्रकट गर्दछु,् महासंघ भित्रका साथीहरुलाइ समस्या पर्दा उहाँले जुन सदासयता देखाएर जुन सहयोग गर्नुभयो त्यस्तो सहयोग अन्य साथीहरुले गर्न सक्नुभएको छैन ।

ढकालले सवारी दुर्घटनामा पर्ने महासंघका साथीहरु अधिकारी र आचार्यको उद्धारमा दिनरात नभनी खटेर हेलिकप्टरमार्फत काठमाडौं ल्याएर उपचार गराएर आफुहरुमाथि असल अविभावकको भुमिका निर्वाह गरेको उद्योग वाणिज्य संघ नेपालगंजका पूर्व अध्यक्ष तथा प्रदेश नम्बर ५ को वाणिज्य संयोजक नन्दलाल वैश्यले बताए । वैश्य भन्छन्– महासंघका हाम्रो साथीहरुको दुर्घटनामा उहाँ खटिएको खेख्दा मलाई लाग्छ महासंघमा उहाँजत्तिको अविभावक अर्को व्यक्ति हाम्रा लागि हुन सक्दैनन् हामी साथीहरुको जुन खालको दुर्घटना भएको खबर सुनेका थियौं हाम्रो त होस नै उठेको थियो तर चन्द्र दाईले जसरी खटेर तुरुन्तै हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याएर साथीहरुको ज्यान बचाउनु भयो त्यसको गुन हामीले तिर्न सक्दैनौं ।
यस्तै, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष अशोक ताम्राकार भन्छन्– चन्द्र ढकालले हामी व्यवसायी तथा समग्र निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनमा जुन खालको भुमिका निर्वाह गर्दै आउनु भएको छ त्यसले पनि उहाँ निजी क्षेत्रको अविभावक हो भन्ने प्रष्ट पारेको छ ।

महासंघका कार्यकारिणी समिति सदस्य सुरकृष्ण वैद्यले पनि जसरी चन्द्र ढकालले आफ्ना साथीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंमा ल्याउनु उपचार गराउनु एकदमै सह्रानीय काम भएको बताए । उनले भने– उहँको यस कार्यले हामीले महासंघका साच्चिकै एक अविभावक पाएको महशुस अनुभुति गरेका छौं,’ उनले भने, ‘तसर्थ समस्त हामी उद्योगी व्यवसायीलाई उहाँको खाँचोको रहेको छ ।

धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बोधनाथ दुवाडीले भने– हाम्रा साथीहरु दुर्घटनामा परेको खबरले हामी मर्माहित भएका थियौं भने सोही अनुरुप विचलित पनि थियौं, तर जसरी चन्द्र ढकालले अविभाकत्व लिँदै आफ्नो स्वास्थ्यको समेत प्रबाह नगरी दिनरात खटिएर एयरलिफ्टमार्फत काठमाडौं ल्याएर उपचार गर्नुभयो त्यो हाम्रा लागि गौरवको विषय हो ।

दुर्घटनामा परेका अधिकारी र आचार्यको उद्धारका लागि महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकाल, जिल्ला नगरगतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीलगायत टीमको विशेष सहयोग रहेको बताइएको छ ।

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह