Logo

Banner-news

यस्ता छन् अमेरिका राष्ट्रपति निर्वाचित जो बाइडनका चर्चित काण्ड


GDP Nepal
   २३ कार्तिक २०७७, आइतबार


अमेरिका (एजेन्सी): बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउँदै डेमेक्रेटिक उम्मेदवार जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । औपचारिक घोषणा भइनसके पनि अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि उनले आवश्यक मत हासिल गर्न सफल भइसकेका छन् ।

संसारभरबाट बधाइ पाइरहेका बाइडनसामु कानुनी चुनौतीहरू भने बाँकी नै रहेको बताइएको छ । यद्यपि, पेन्सिल्भेनिया राज्यमा विजय हासिल गरेसँगै राष्ट्रपति निर्वाचित हुनका लागि आवश्यक २७० मत भन्दा बढी मत उनले प्राप्त गरेका छन् ।

सन् २००९ देखि सन् २०१७ सम्म बाराक ओबामाका उपराष्ट्रपति रहेका बाइडन दशकौँको अनुभवप्राप्त, विदेशनीतिका ज्ञाता अनि प्रखर वक्ता राजनीतिज्ञका रूपमा परिचित छन् । सामान्य नागरिकसँग पनि सहजतापूर्वक घुलमिल हुन सक्ने उनको अर्को योग्यता हो ।

Democratic presidential nominee Joe Biden delivers remarks at the Chase Center in Wilmington, Delaware, on November 6, 2020. – Three days after the US election in which there was a record turnout of 160 million voters, a winner had yet to be declared. (Photo by ANGELA WEISS / AFP) (Photo by ANGELA WEISS/AFP via Getty Images)


सन् १९७३ मा अमेरिकी सिनेटका सदस्य बनेका उनले ३३ वर्षअघि सन् १९८७ मा नै राष्ट्रपतीय निर्वाचन अभियान सुरु गरिसकेका थिए । बाइडन सक्षम तथा प्रखर सार्वजनिक वक्ता हुन् तर उनी कहिलेकाहीँ नराम्रो समाचारको सामग्री बन्छन् ।

बाइडनले अमेरिकी सिनेटका चुनाव सात पटक जितेका छन् ।

यद्यपि बाइडन बेलाबखत विवादमा परिरहन्छन् । उनको स्पर्श गर्ने बानीलाई लिएर कतिपय प्रश्न उठेको बताइन्छ । उनको व्यवहारलाई लिएर महिलाहरूबाट बाइडनले कयौँ आरोप पनि खेपेका छन् ।

गत वर्षमात्र बाइडनले आफूहरूलाई अनुचित रूपमा स्पर्श गरेको, अँगालो हालेको वा चुम्बन गरेको भन्दै आठ महिलाले आरोप लगाएका थिए । यहाँसम्म कि अमेरिकी सञ्चारमाध्यमहरूले बाइडनले कसरी सार्वजनिक कार्यक्रममा उपस्थित महिलाहरूसँग निकट भावमा व्यवहार गर्छन् र कसरी उनीहरूको केश सुँघेको जस्तो गर्छन् भनेर पनि चित्रण गरे ।

मार्च महिनामा तारा रिड नामक महिलाले ३० वर्षअघि आफूलाई बाइडनले यौन आक्रमण गरेको आरोप लगाइन् । त्यतिखेर उनी बाइडनको कार्यालयमा सहयोगी कर्मचारी थिइन् ।

त्यसो त सन् १९८७ मा बाइडन पहिलो पटक राष्ट्रपति पदका निम्ति आकांक्षी बनेका थिए ।

उनको पहिलो पत्नीले उनले लागुऔषध तथा मदिरा प्रयोग गर्ने गरेको अनि मोजमस्तीमा लागेको विषयलाई सम्बन्धविच्छेदको कारणको रूपमा प्रस्तुत गरेकी थिइन् । कोकिन प्रयोग गरेको पाइएका कारण उनी अमेरीकी जलसेनाबाट निष्काशनमा परेका थिए।

उनले द न्यूयोर्कर पत्रिकासँगको कुराकानीमा आफूलाई ऊर्जा क्षेत्रसँग सम्बन्धित एक ठूला चिनियाँ व्यापारीले हीरा दिएको स्वीकारेका थिए। ती व्यापारीलाई पछि बेइजिङले भ्रष्टाचारमा छानबिन गरेको थियो ।

गत वर्ष हन्टरले भेटेको एक सातापश्चात् नै दोस्रो पत्नीसँग बिहे गरेका थिए। उनको व्यक्तिगत जीवन र आम्दानीको विषयले बाइडन पनि विवादमा तानिएका छन् ।

एउटा ¥यालीमा भाषण गर्दै उनले भनेका थिए–मेरा पुर्खा उत्तरपूर्वी पेन्सिल्भेनियाका कोइलाखानीमा काम गर्थे । उनीहरूले जीवनमा अवसर नपाएकोमा आफू क्रोधित भएको उनले बताएका थिए ।

तर वास्तवमा उनका पुर्खा कोही पनि कोइलाखानीमा कामदार थिएनन् ( उनले त्यो वाक्य (र अन्य कैयौँ वाक्य) एक ब्रिटिश राजनीतिज्ञ निल किनकको भाषणबाट चोरेका थिए ।

यसरी भाषण चोरीको गम्भीर आरोपमा उनी मुछिएका थिए ।

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह