Logo

सूचना/प्रविधि

टेलिकमको अटम अफर परिमार्जन, शुक्रबारबाटै लागू


GDP Nepal
   ५ मंसिर २०७७, शुक्रबार


काठमाडौं । नेपाल टेलिकमले हाल उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको प्रतिदिन १ जिबी डाटा प्याकलाई थप सुविधा सहित केही परिमार्जन गरेको छ । परिमार्जित अफर शुक्रबार राती १२ बजे पश्चात लागु हुनेछ ।

हाल उपलब्ध भइरहेको प्रतिदिन १ जिबी डाटा प्याक अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्रयोग गर्न सकिने गरी ७ दिनका लागि २५० रुपैयाँमा उपलब्ध भइरहेको प्याक र २८ दिनका लागि ८५० रुपैयाँमा उपलब्ध भइरहेको प्याकमा भ्वाइस सुविधा थप हुनेगरी नयाँ इको भ्वाइस प्लस डाटा कम्बो प्याक ल्याइएको प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

कम्पनीका अनुसार अनुसार इको भ्वाइस प्लस डाटा कम्बो प्याक अन्तर्गत २५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिने छ ।

यसैगरी ८५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल र प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिने छ ।

प्रकाशित : ५ मंसिर २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह