Logo

Banner-news

उद्योग वाणिज्य महासंघमा ढकालको सम्भावना बलियो, अन्य पदमा कडा प्रतिस्पर्धा


GDP Nepal
   १३ मंसिर २०७७, शनिबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा अन्तर्गत शनिबार वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्षसहित कार्यकारिणी समिति सदस्यका लागि निर्वाचन हुँदैछ ।

महासंघ सचिवालय टेकु, नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र कार्की ब्याङ्क्वेट बबरमहलमा छुट्टाछुट्टै हुने वस्तुगत, उद्योग–वाणिज्य र एशोसिएट समूहको निर्वाचनपछि शनिबार नै मतगणना हुने र रातिसम्म नतिजा आइसक्ने जनाइएको छ ।

महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षका दुई प्रतिस्पर्धीमध्ये किशोर प्रधानभन्दा चन्द्र प्रसाद ढकाल बलियो देखिएको आकलन गरिएको छ । ढकाल उद्योग–वाणिज्य (जिल्लानगर), वस्तुगत तथा एशोसिएट तीनवटै समूहमा प्रधानभन्दा अगाडि छन् ।

ढकाल विजयको नजिक रहेको प्रधान समूहले पनि स्वीकार गरिसकेको छ । त्यसैले प्रधान समूहको जोड वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र एशोसिएट उपाध्यक्ष सौरभ ज्योतिको जीत सुनिश्चित गर्नतर्फ केन्द्रित रहेको छ ।

ढकाल समूहले वरिष्ठ उपाध्यक्षमा जिल्लानगरबाट ६० प्रतिशत, एशोसिएटबाट ७० प्रतिशत तथा वस्तुगतबाट ६० प्रतिशत मत पाउने आकलन गरेको छ । यद्यपि, वरिष्ठ उपाध्यक्षमै आउनेजति मत उनको प्यानललाई आउने सम्भावना भने कम देखिन्छ ।
जिल्लानगरमा पनि ढकाल समूहकै गुणनिधि तिवारी प्रधान समूहका दिनेश श्रेष्ठभन्दा बलियो देखिन्छन् । जिल्लानगरका सदस्यहरुमा पनि यही समूह हावी हुने देखिन्छ ।

एशोसिएटमा सौरभ ज्योति र रामचन्द्र संघईमध्ये ज्योतिले बाजी मार्ने सम्भावना बढी रहे पनि यसपटक सदस्यहरुमा भने मिश्रित नतिजा देखिनसक्ने जानकारहरु बताउँछन् ।

यता, सवैभन्दा रोचक प्रतिस्पर्धा वस्तुगत समूहमा देखिएको छ । वस्तुगतको वास्तविक अवस्था अनुमानभन्दा बाहिर रहे पनि शुक्रबारका घटनाक्रमले प्रधान समूहका अञ्जन श्रेष्ठ झिनो मतान्तरले विजयी हुने कतिपयले अनुमान गरेका छन् ।

यद्यपि, वस्तुगत समूहमा पनि सदस्यहरुमा भने मिश्रित परिणाम आउने देखिन्छ । वस्तुगत समूहमा अञ्जन श्रेष्ठबाट शिवप्रसाद घिमिरे, सुकुन्तलाल हिराचन, सुनिलगोपाल श्रेष्ठ, सन्दीपकुमार अग्रवाल, शारदा रिजाल बलियो प्रतिस्पर्धी मानिन्छन् ।

उमेशलाल श्रेष्ठ प्यानलबाट वस्तुगत सदस्यमा प्रकाशसिंह कार्की, कमला श्रेष्ठ, आकाश अधिकारी, हरिबहादुर कार्कीलगायत बलियो प्रतिस्पर्धी मानिन्छन् ।

प्रकाशित : १३ मंसिर २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह