Logo

Banner-news

ढकाल महासंघको २० औं अध्यक्ष, बलियो र सबल संस्था बनाउने प्रतिबद्धता


GDP Nepal
   १४ मंसिर २०७७, आइतबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । हाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले महासंघको २० औं अध्यक्षका रुपमा २०७९ चैतबाट कार्यभार सम्हाल्नेछन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरे। शनिबार भएको महासङ्घको नयाँ नेतृत्वका लागि निर्वाचनमा तीव्र प्रतिस्पर्धाबीच ढकाल निर्वाचित भएका हुन् ।

चन्द्रप्रसाद ढकाल

महासङ्घ निर्वाचन समितिका अनुसार ढकालले ३० प्रतिशत मतभार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत मात्र पाए भने २० प्रतिशत मतभार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गरे । यस्तै, ५० प्रतिशत मतभार रहेको जिल्ला÷नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गरेका थिए ।

निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गरेका छन् ।

गत चैतमा हुनुपर्ने साधारणसभा ८ महिना ढिलोगरी भएको हो । विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आइतबारबाट अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन् ।

वरिष्ठ उपाध्यक्षसहित अन्य पदका लागि ढकाल र प्रधान समूहले प्यानल नै बनाएर उम्मेदवारी दिएका थिए । त्यसमा वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ दिनेश श्रेष्ठ विजयी भए । उनीहरु दुुवै जना प्रधान समूहबाट निर्वाचनमा भाग लिएका थिए ।

वस्तुगततर्फ विजयी भएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत पाए । जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गरे ।

यस्तै एसोसिएट्सतर्फ ढकाल समूहका रामचन्द्र संघई विजयी भए । संघईले ४५५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी सौरभ ज्योतिले ४३४ मत प्राप्त गरे । महासङ्घको जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा राजन श्रेष्ठ, तारानाथ अधिकारी, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजेन्द्र भगत, कुविरकुमार श्रेष्ठ, कमानबहादुर खड्का विजयी भए ।

यस्तै, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, कमलकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भए ।

मतपरिणाम सार्वजनिक भएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब महासङ्घलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाए । उनले भने, “अब चुनावसँगै प्यानल पनि सकियो । हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।”

प्रकाशित : १४ मंसिर २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह