Logo

Banner-news

कोरोना प्रभावित उद्यमी व्यवसायीलाई राहत प्रदान गर्न थप प्रयास गर्नेछु: गोल्छा


GDP Nepal
   १५ मंसिर २०७७, सोमबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोरोना प्रभावित उद्यमी व्यवसायीलाई राहत प्रदान गर्न थप प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

महासंघको ५४ औं वार्षिक सााधारण सभाअन्तर्गत सपथग्रहण तथा पदवहाली समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले राहतलाई केन्द्रविन्दुमा राखेर व्यावसायिक क्षेत्रमा सुधारका काम गर्ने बताए ।

अध्यक्ष गोल्छाले भने– निर्वाचनमा प्यानल, गुट उपगुट भए पनि आजदेखि हामी एक हौं भनेर मैले भनिरहन पर्दैन । एकताको महत्व हामी सवैले बुझेका छौं । निर्वाचनका क्रममा घोचपेच केही थिए भने सवैलाई विसाएर अव समग्र निजी क्षेत्र र महासंघको हकहितका लागि समर्पित गर्नुृहुने विश्वास लिएको छु ।

गोल्छाले आफ्ना एजेण्डाहरुबारे पनि संक्षिप्त प्रकाश पारे । उनले भने– मैले महासंघ र निजी क्षेत्रको सम्मान बढाउन र मुलुकको अर्थतन्त्रमा योगदान पु¥याउन तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएको छु । तत्कालका लागि कोरोना महामारीबाट प्रभावित उद्यमी व्यवसायीलाई राहत प्रदान गर्न मैले थप प्रयास गर्नेछु ।

दिगो र दरिलो अर्थात रेजिलेन्ट अर्थतन्त्र निर्माणका लागि अर्थतन्त्रका विभिन्न क्षेत्रमा सुधारका योजना तयार भएको र आर्थिक रणनीतिपत्र पहिलो कार्यकारिणी समितिमा प्रस्तुत गरि तत्काल कार्यान्वयनमा लाने आफ्नो योजना रहेको उनको भनाइ छ ।

यसअघि महासंघका निर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुको पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भयो ।

समारोहमा महासंघका नवनिर्वाचित अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कार्यकारिणी समितिका सदस्यहरुले आआफ्नो पद तथा गोपनियताको सपथ लिए ।

अध्यक्ष शेखर गोल्छाले निवर्तमान अध्यक्ष भवानी राणाबाट र नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुले अध्यक्ष गोल्छाबाट पद तथा गोपनीयताको सपथग्रहण गरे ।

अध्यक्ष भवानी राणाले अध्यक्ष गोल्छालाई अध्यक्षको पीन र अध्यक्ष गोल्छाले निवर्तमान अध्यक्ष राणालाई निवर्तमान पदको पीन लगाएका थिए ।

कार्यक्रममा अध्यक्ष राणाले महासंघमा अध्यक्षको रुपमा रहेर तीन वर्ष र केही महिना सेवा गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि निवर्तमान अध्यक्षको रुपमा रहेर आफूले सकेको सहयोग गर्ने विश्वास दिलाइन् । राणाले अर्थतन्त्रको विकास र निजी क्षेत्रको प्रभावकारी भूमिका बढाउन नयां टिम सफल हुने विश्वास समेत व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख निर्वाचन अधिकृतले अध्यक्ष, पदाधिकारी र कार्यकारिणी समितिलाई प्रमाणपत्र पनि वितरण गरेका थिए ।

प्रकाशित : १५ मंसिर २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह