Logo

Banner-news

निकासी लक्ष्य २ खर्ब पुर्‍याउन निर्यात व्यवसायीको सुझाव, महासंघ सकारात्मक


GDP Nepal
   १६ मंसिर २०७७, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यात व्यवसायलाई अर्थतन्त्रको इन्जिनको रुपमा विकास गर्नेगरी आफ्नो दृष्टिकोण तयार गर्ने भएको छ । निर्यात व्यवसायी महासंघले आयोजना गरेको स्वागत कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा उपाध्यक्षत्रय दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघईले निर्यात व्यवसायलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

निर्यात व्यवसायी महासंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवं शुभकामना प्रदान गर्न मंगलबार आयोजना गरेको थियो । सो कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रुपमा निर्यात क्षेत्रलाई विकास गर्ने गरी महासंघले आफ्नो दृष्टिकोण निर्माण गर्न लागेको बताएका हुन् । गोल्छाले अबको एक सय दिन भित्रमा यससम्बन्धी स्पष्ट दृष्टिकोण ल्याउने बताए ।

अहिले अर्थतन्त्रको इन्जिनको रुपमा रेमिट्यान्स मात्र रहेको र कुनैपनि बेला रेमिट्यान्समा कमी आउँदा देशको अर्थतन्त्र नै भत्किने सम्भावना भएकाले अर्को इन्जिनको रुपमा निर्यात क्षेत्रलाई प्रोत्साहन गरिने बताए । त्यसका लागि निर्यातजन्य उद्योग व्यवसायको कस्ट अफ फण्ड घटाउने विषयमा सरकारसँग महासंघले पहल गर्ने बताए । निर्यात व्यवसायमा सरकारबाट इन्सेन्टिभ कम भएकाले पनि निर्यात प्रवद्र्धनमा समस्या देखिएको अध्यक्ष गोल्छाको भनाई छ ।

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यातलाई प्रवर्द्धन गर्न नसक्नुको कारण नीतिगत व्यवस्थामा भएको कमजोरी नै रहेको बताए । अहिले भन्दा ३० वर्ष पहिला नेपालको निर्यातको अवस्था आयातको तुलनामा धेरै नै राम्रो भएकोमा अहिले क्रमश घट्दै गएकोले पनि समस्या देखिएको बताए । त्यसैले महासंघले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्न सरकार समक्ष सक्रिय रुपमा माग राख्ने बताए ।

महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले २५० वर्षअघि नै नपालको वैदेशिक व्यावारसम्बन्धी बेत्रावती सम्झौता भए पनि अहिलेसम्म निकासी क्षेत्रले गति लिन नसकेको बताए । उनले कोभिडका कारण निकासी झनै घटेको भन्दै यसलाई बढाउन महासंघ अग्रसर रहने बताए ।

जिल्लानगर उपाध्यक्ष साना मझौला उद्योगको समस्या निकासी व्यापारसम्म जोडिने भएकाले वृहत अवधारणा बनाएर अगाडि बढ्नुपर्ने बताए ।

एशोसिएट उपाध्यक्ष रामचन्द्र संघईले परम्परागत वस्तुसँगै निकासीका नयाँ सम्भावना र बजार खोज्नुपर्ने धारणा राखे ।

निर्यात व्यवसायी महासंघका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरुङले निकासी लक्ष्य वार्षिक २ खर्ब पु¥याएर योजनाबद्ध ढंगले काम गर्नुपर्ने धारणा राखे । नेपालका निकासी व्यापार हाल १ खर्ब पनि पुग्न सकेको छैन ।

प्रकाशित : १६ मंसिर २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह