Logo

सूचना/प्रविधि

पोस्टपेड मोबाइलको रेन्टल शुल्कले प्याक लिन सकिने


GDP Nepal
   ३० मंसिर २०७७, मंगलबार


काठमाडौं । नेपाल टेलिकमले पोस्टपेड मोवाइल ग्राहकले हरेक महिना तिर्दै आएको रेन्टल शुल्कमै अन्य प्याक किन्न सक्ने बताएको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले मासिक ३ सय ८३ सात पैसा रेण्टल शुल्क तिर्नुपर्ने प्रावधान छ ।

कम्पनीले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अफर वा अन्य विशेष पोस्टपेड अफर लिएका ग्राहकहरुको हकमा भने यो रकम फरक हुन सक्ने कम्पनीले जनाएको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले धेरै सुविधा उपयोग गर्ने भएकाले यो व्यवस्था पहिलेदेखि नै गरिएको हो, जुन अहिले पनि कायम छ ।

यही रेन्टल चार्ज वापतको रकम पोस्टपेड प्याक खरिद गर्न, कुनैपनि प्याक खरिद नगरी फोन गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाइने कम्पनीले जनाएको छ ।

नेपाली महिनाको अन्त्य अर्थात् अंग्रेजी महिनाको १५ तारिखमा पोस्टपेड मोबाइलको बिल हिसाब गरिन्छ । यो अवस्थामा महिनामा थोरै मात्र रकम प्रयोग गरेको भएपनि ३ सय ८३ रपैयाँ जोडेर त्यो महिनाको हिसाब गरिन्छ ।

पोस्टपेड ग्राहकको यही अन्यौललाई सम्बोधन गर्नका लागि कम्पनीले हाल ‘पोस्टपेड प्याक’ उपलब्ध गराइरहेको छ । पोस्टपेड प्याक लिंदा ग्राहकले रेन्टल चार्जवापतको रकम पनि प्याक खरिदमा उपयोग गर्नसक्ने भएकाले ग्राहक झुक्किने सम्भावना नहुने टलिकमद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

सो प्याक प्रयोग गरी कम्पनीको नेटवर्क भित्र र बाहिर कल गर्न, एसएमएस पठाउन र डाटा चलाउन सकिन्छ । टेलिकमले उपलब्ध गराइरहेको पोस्टपेड मोबाइलमार्फत गरिने कलको दर प्रिपेडको तुलनामा सस्तो हुनुका साथै रेण्टल चार्ज समेत उपयोग गर्न सकिने गरी पोस्टपेड प्याक उपलब्ध भएकाले कम्पनीको जिएसएम पोस्टपेड सेवा थप आकर्षक हुने अपेक्षा टेलिकमको छ ।

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह