Logo

Banner-news

भदौयता पहिलोपटक ५ सयभन्दा कम संक्रमित !


GDP Nepal
   १२ पुस २०७७, आइतबार


काठमाडौं । कोरोनाभाइरस नियन्त्रणमा आउन थालेको देखिएको छ । आइतबार पछिल्लो चार महिनायताकै कम संक्रमणदर देखिएसँगै नियन्त्रणमा आउने आशा पलाएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतवार ४८१ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको छ। दैनिक सङ्क्रमण सङ्ख्या ५०० भन्दा कम भएको पछिल्लो चार महिनायताकै यो पहिलो हो ।

विगत २४ घण्टामा ३,८२८ जनाको पीसीआर परीक्षण गरिएको थियो। सङ्क्रमण पुष्टि सङ्ख्या परीक्षणको १२.५ प्रतिशत हो।

गत साउन ३१ गते जम्मा ४६८ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने त्यसयता लगातार ५०० भन्दा बढी दैनिक सङ्क्रमित भएका थिए।

पछिल्लो समय कोरोनाकै कारण मृत्यु हुनेको संख्यामा पनि कमी आइरहेको छ । आइतवार थप ६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । यससँगै मृतक सङ्ख्या १,८२५ पुगेको छ।

यसअघि दैनिक औषत मृत्युदर १५ जना हाराहारी रहेको थियो ।

हालसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या दुई लाख ५८ हजार रहेको र निको हुनेको सङ्ख्या पनि २ लाख ५० रहेको जनाइएको छ।

प्रकाशित : १२ पुस २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह