Logo

Banner-news

नेप्सेको रियल टाइम र पुरानो डाटा व्यावसायिक प्रयोजनवापत शुल्क तिर्नुपर्ने


GDP Nepal
   १२ पुस २०७७, आइतबार


काठमाडौं । नपाल स्टक एक्सचेञ्ज (नेप्से)को नेप्सेको रियल टाइम र पुरानो डाटा प्रयोग गर्दा शुल्क तिर्नुपर्ने भएको छ । नेप्सेको तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७७ लागू भएसँगै यस्तो व्यवस्था लागू भएको हो ।

नेप्से संचालक समितिको निर्णय अनुसार उक्त कार्यविधि पुस १ गते देखिनै लागू भएको जनाइएको छ ।
कार्यविधि अनुसार इन्भेष्टमेन्ट कम्पनी, वित्तीय विश्लेषक आदीको प्रयोगको लागि, तथ्यांक वितरक, वित्तीय औजार विकासकर्ता आदीको लागि यस्तो तथ्यांक उपलब्ध हुनेछ ।

यस्तै, व्यापारिक तथा पुनः प्रयोजनको लागि, संचार माध्यमहरुको समाचार निमार्ण तथा प्रदर्शन प्रयोजनको लागि, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक प्रयोग –विश्वविद्यालय, कलेज, गैर नाफामूलक अनुसन्धानात्मक संस्थाहरु र विदेशी कम्पनी वा व्यक्तिको अनुसन्धान प्रयोजनको लागि तथ्यांक उपलब्ध हुनेछ ।

नेप्सेले न्युनतम मापदण्ड पुरा भए नभएको निरिक्षण गरेर मात्रै उपलब्ध हुनेछ ।

नेप्सेबाट उपलब्ध हुने तथ्यांकमा प्राप्त गर्नको लागि शुल्क त्रैमाशिक रुपमा भुक्तानी गर्नु पर्ने व्यवस्था गरिएको उल्लेख छ ।

प्रकाशित : १२ पुस २०७७, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह