Logo

Banner-news

सेयर धितो कर्जाको नयाँ व्यवस्था हटाउन सीएनआईको माग, ठूला लगानी प्रभावित हुने


GDP Nepal
   १५ पुस २०७७, बुधबार


काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले सेयरको धितोमा कर्जा प्रवाहमा हाल भएको व्यवस्थाले ठूला आयोजना प्रभावित हुने जनाएको छ । सीएनआईले जलविद्युत् लगायतका भौतिक पूर्वाधारका योजनाहरु यसबाट प्रभावित हुने उल्लेख गर्दै त्यसलाई सच्याउन माग गरेको हो ।

मंगलबार गभर्नर महाप्रसाद अधिकारीसँगको छलफलमा सीएनआई अध्यक्ष सतिशकुमार मोरले सेयर धितोसम्बन्धी नयाँ व्यवस्थाले ठूला आयोजना तथा सार्वजनिक निजी साझेदारीको लगानीमा बन्ने पूर्वाधारका योजनाको लगानी प्रभावित हुने परिसंघको धारणा रहेको जानकारी दिए ।

राष्ट्र बैङ्कले पुस पहिलो साता सेयर धितोमा कर्जा प्रदान गर्न थप सर्त लगाउन निर्देशन दिएको थियो । जसमा पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्था, व्यावसायिक रूपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्था, तीन वर्षदेखि साधारण सभा नगरेका र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका संस्थालाई शेयर धितोमा कर्जा प्रदान नगर्न निर्देशन दिइएको छ ।

यसअघि राष्ट्र बैङ्कले समस्याग्रस्त घोषणा भएका वा निर्देश बमोजिमको पुँजीकोष अनुपात कायम नगरेका बैङ्क वित्तीय संस्था, नेटवर्थ ऋणात्मक भएका संस्था, नेप्सेको सूचीकरणबाट हटाइएका संस्था, एक आर्थिक वर्ष समाप्ति भएको एक वर्ष बितिसक्दा पनि अन्तिम लेख परीक्षण नगर्ने संस्थालाई शेयर धितोमा कर्जा प्रदान नगर्ने निर्देशन दिएको थियो ।

यस्तै शेयरको धितोमा कर्जा प्रदान गर्दा कर्जा नीतिरनिर्देशिकामा धितोका रूपमा लिने शेयरको मूल्य आम्दानी अनुपात, प्राइस टु बुक भ्यालु, डेभिडेन्ट पेआउट रेसियो जस्ता आधारभूत सूचकाङ्ककोे विश्लेषणसम्बन्धी व्यवस्था पनि उल्लेख गरेको हुनु पनि निर्देशन दिएको छ ।

प्रकाशित : १५ पुस २०७७, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह