Logo

बिजनेस होम

पूर्वसचिव अर्यालको स्मृतिमा परिवारद्वारा छात्रवृत्ति कोष स्थापना


GDP Nepal
   २० पुस २०७७, सोमबार


काठमाडौं । पूर्वसचिव स्व. मदनप्रसाद अर्यालको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । अर्यालको स्मृतिमा संखुवासभाको खाँदवारीस्थित बरुण बहुमुखी क्याम्पसमा कोष स्थापना गरिएको हो ।

अर्याल उक्त क्याम्पसका संस्थापक अध्यक्ष हुन् । छात्रवृत्ति कार्यक्रम शैक्षिक शत्र २०७७÷७८ देखि लागू हुने जनाइएको छ । स्व. अर्यालले राजपरिषद स्थायी समिति र रक्षा मन्त्रालयमा सचिवको जिम्मेवारी सम्हालेका थिए ।

अर्यालका छोराहरू दिनेश अर्याल र प्रवेश अर्यालको उपस्थितिमा आइतबार छात्रवृत्तिको घोषणा गरिएको हो ।

अर्यालको स्मृतिमा स्थापित छात्रवृत्ति क्याम्पस व्यवस्थापन समितिको सिफारिस वमोजिम प्रत्येक वर्ष क्याम्पस स्थापना दिवसका दिन प्रदान गरिने उल्लेख छ ।

कक्षा ११ का जेहेनदार र न्युन आय भएका संखुवासभा जिल्लावासी परिवारका मेधावी एक छात्र तथा एक छात्रालाई प्रतिमहिना जनही तीन हजार रुपैयाँका दरले एकमुष्ट छात्रवृत्ति प्रदान गरिने उल्लेख छ ।

उक्त छात्रवृत्तिको सुनिश्चित भविष्य तथा निरन्तरताका लागि परिवारले नै एक स्थायी कोष स्थापना गर्ने स्व. अर्यालका सुपत्र प्रवेश अर्यालले जानकारी दिए ।


स्व. अर्याल संखुवासभामा प्रमुख जिल्ला अधिकारीसमेत भएका थिए । कुशल प्रशासकका रुपमा उनलाई जिल्लावासीले स्मरण र आदर गर्ने गरेका कारण उनको सम्झनामा छात्रवृत्ति कोष स्थापना गरिएको उनका छोरा अर्यालले बताए ।

छात्रवृत्ति कोष स्थापनासम्बन्धी कार्यक्रममा क्याम्पस सन्चालक समितिका अध्यक्ष तथा सदस्यसहित शिक्षक एवं स्थानीय समाजसेवीहरू उपस्थित थिए ।

प्रकाशित : २० पुस २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह