Logo

Banner-news

अध्यक्षमा टीकाराज ढकालसहित प्रदेश १ उद्योग वाणिज्य महासंघमा निर्विरोध


GDP Nepal
   २१ पुस २०७७, मंगलबार


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ मा टीकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा ढकालको मात्र उम्मेदवारी परेको चन्दै निर्वाचन समितिले निर्विरोध निर्वाचित भएको जनाएको छ ।

झापा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ढकालले गत मंसिरमा सम्पन्न महासंघको ५४ औं साधारणसभामा संस्थापक सदस्यका लागि उम्मेदवारी दिए पनि फिर्ता लिएका थिए । उनी महासंघ व।िष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल पक्षधर हुन् ।

निर्वाचन समितिले सोमबार ढकालसहित कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको पुष्टि गरेको छ । जसअनुसार जिल्लानगर उपाध्यक्षमा भीमबहादुर पौडेल र एशोसिएट उपाध्यक्षमा राजेन्द्र राउत निर्वाचित भए ।

यस्तै, कोषाध्यक्षमा रमेशकुमार राठी तथा जिल्लानगर सदस्यहरुमा युवराज शाक्य, कुमार भट्टराई, भुपालराज कटुवाल, वीरेन्द्रकुमार साह र प्रितम खड्गी निर्वाचित भएका छन् ।

सुवास आचार्य र राजन श्रेष्ठ एशोसिएट सदस्यमा निर्वाचित भएका छन् भने वस्तुगत सदस्यमा रवीनकुमार दाहाल र श्रवणकुमार अग्रवाल निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सूर्यकुमार बिमलीले जानकारी दिएका छन् ।

अध्यक्षमा निर्वाचित ढकाल महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकालका भाइ हुन् । ढकालका अर्का भाइ हेमराज ढकाल महासंघको कार्यकारिणी समितिमा वस्तुगत सदस्य रहेका छन् भने पूर्व एआईजी नवराज ढकाल पनि नेपाल चेम्बर अफ कमर्सको कार्यकारिणी समिति सदस्य छन् ।

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह