Logo

Banner-news

वैशाखयता २८ सय व्यवसायी कालोसूचीमा, साँवाब्याज तिर्ने म्याद ३ महिना थप्न लबिङ


GDP Nepal
   २१ पुस २०७७, मंगलबार


काठमाडौं । कोरोना महामारीका कारण व्यवसायीले समयमै कर्जा चुक्ता गर्न नसक्दा बैंक तथा वित्तीय संस्थाहरुले वैशाखयता करिब २८ सय व्यवसायीलाई कालोसूचीमा राखेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले अर्थमन्त्री विष्णु पौडेललाई भेटेर बैंकहरुले कालोसूचीमा राख्ने क्रम बढेको र पछिल्लो सयम कालोसूचीमा राख्ने भन्दै धम्की दिन थालेको गुनासो गरेको छ ।

महासंघ अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा मंगलबार अर्थ मन्त्रालय पुगेको टोलीले पुस मसान्तसम्मका लागि तोकिएको ऋण तिर्ने म्यादलाई कम्तीमा तीन महिना पर सारिदिन पनि आग्रह गरको छ ।

उद्यमी व्यवसायीहरुले बुझाउनु पर्ने कर विवरणको म्याद र बैंकको साँवा व्याज भुक्तानी गर्ने समय बढाउन सो अवसरमा महासंघका तर्फबाट अर्थमन्त्रीसमक्ष आग्रह गरिएको विज्ञप्तिमा उल्लेख छ ।

व्यवसायीले आर्थिक बर्ष सकिएको ६ महिनाभित्र आप्mनो अघिल्लो आर्थिक बर्षको लेखा परिक्षण गरिएको प्रतिवेदन सहितको विवरण सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेपनि गत बर्षको अन्तिम साढे ३ महिना लकडाउन र चालु आर्थिक बर्षमा पनि झण्डै एक महिना निषेधाज्ञा भएकाले कम्पनी फर्महरुले लेखापरिक्षण समयमै गर्न नसकेको बताए ।

बैंकहरुले उद्यमी व्यवसायीमाथि गरेको कडाइले निजी क्षेत्र समस्यामा परेको भन्दै लकडाउनबाट विशेषगरि साना मझौला उद्योग बढि प्रभावित भएको जानकारी दिए ।साना मझौला उद्यम पुर्णरुपमा संचालनमा आइनसकेका र स्वदेश तथा विदेशमा समेत माग नबढेकाले ऋण तिर्न तोकिएको समय अपर्याप्त भएको उनीहरुको भनाइ छ ।
कानुनी व्यवस्था प्रष्ट हुदाहुदै पनि बैंकहरुले कालोसूचिमा राख्ने लगायतका धम्की दिइरहेको जानकारी गराउंदै म्याद थपिएन भने पचास प्रतिशत भन्दा बढि साना मझौला उद्यम वन्दै हुने अवस्थामा पुग्ने महासंघको भनाइ छ ।

महाघले साना मझौला उद्यमीलाई यो बाहेक पनि छुट्टै रिकभरी जस्तो कर छुट, विभिन्न अन्य शुल्क मिनाहा, बजार प्रवद्र्धन लगायतको प्याकेज आवश्यकता पर्ने माग गरेको छ । महासंघका तर्फबाट बजेटको मध्यावधि समिक्षामा साना तथा मझौला उद्यमीहरुका लागि विशेष राहत प्याकेज राखिदिन पनि आग्रह गरिएको छ ।

प्रकाशित : २१ पुस २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह