Logo

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराले दिए राजीनामा




काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय बोहोराले बुधबार पत्रकार सम्मेलन आयोजना गरी राजीनामा गरेको जानकारी दिए ।

विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनको भनाइ छ ।

नेकपाको सुदूरपश्चिम प्रदेश संसदीय दलमा प्रचण्ड माधव नेपाल पक्षको स्पष्ट बहुमत छ ।

प्रतिक्रिया दिनुहोस्