Logo

Banner-news

अमेरिकी संसदमा ट्रम्प समर्थकको वितण्डा, ट्रम्पको ट्वीटर निष्कृय


GDP Nepal
   २३ पुस २०७७, बिहिबार


अमेरिका । अमेरिकी संसदमा गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनको प्रमाणीकरण गर्न कङ्ग्रेस बैठक बसिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले बितण्डा मच्चाएका छन् ।

संसद् बैठक भइरहेकै बेला राष्ट्रपति ट्रम्पद्वारा उत्साहित सयौँ समर्थकहरूले उक्त भवनमा हमला गरेर हङ्गामा गरेका थिए।

प्रदर्शनकारीहरूले भवनका झ्यालहरू तोडफोड र प्रहरीसँग मुठभेड गरेका थिए। यसक्रममा प्रहरीको गोली लागेर एक महिला प्रदर्शनकारीको मृत्यु भएको बताइएको छ।

उक्त हिंसा सुरु भएको घण्टौँपछि राष्ट्रपति ट्रम्पले भिडिओ जारी गरेर समर्थकहरूलाई घर जान भनेका थिए।

अमेरिकी राष्ट्रपति चुनिएका जो बाइडनले अमेरिकी लोकतन्त्रमाथि अभूतपूर्व हमला गरिएको बताएका छन्।

उनले अमेरिकालाई विश्वले हेरिरहेको बताउँदै त्यसले आफूलाई स्तब्ध पारेको बताए। उनले भनेका छन्, यो अराजकता हो। यो उथलपुथल हो। यो देशद्रोहको नजिकको कुरा हो।

यता, संसद् भवनमा हमला गर्ने समर्थकका पक्षमा ट्विटहरू गरेपछि ट्विटरले ट्रम्पको खातालाई नयाँ ट्विट गर्ने नमिल्ने गरी १२ घण्टाको प्रतिबन्ध लगाएको छ।

आफ्ना ट्विटहरूमार्फत् ट्रम्पले ती समर्थकहरूलाई घर जान भन्नुअघि आइ लभ यू लेखेका थिए।

प्रकाशित : २३ पुस २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह