Logo

कोरोनपछि भारतबाट बर्डफ्लु भित्रने जोखिम, पोल्ट्रीजन्य वस्तु आयातमा रोक




काठमाडौं । नेपालमा बर्डफ्लुको उच्च जोखिम देखिएपछि सरकारले छिमेकी मुलुक भारतबाट दाना लगायतका पशुपन्छीसँग सम्बन्धित वस्तु आयातमा रोक लगाएको छ ।

हाल भारतका विभिन्न प्रदेशमा बर्डफ्लू संक्रमण देखिएको छ । भारतबाट कुखुरा आयातमा दशकभन्दा लामो समयदेखि प्रतिबन्ध रहे पनि पोल्ट्रीजन्य वस्तु भने आयात भइरहेका थिए । भारतमा संक्रमणसँगै यसको आयातमा तत्काल प्रतिवन्ध लगाएको छ ।

पशु सेवा विभाले सीमाका क्वारेन्टाइन चेकपोष्टलाई पत्राचार गर्दै भारतको जुनसुकै क्षेत्रबाट पोल्ट्री र पोल्ट्रीजन्य पदार्थ आयात तत्काल रोक्न निर्देशन दिएको छ ।

सरकारले वैधानिक आयात नियन्त्रण गरे पनि खुला सीमाका कारण अवैध आयात हुने गरेकाले नियन्त्रणमा चुनौती छ । जसका कारण बर्डफ्लुको उच्च जोखिम छ । नेपालमा कोरोना महामारी फैलनुमा पनि भारतसँगको खुला र अव्यवस्थित सीमालाई कारण मानिएको छ ।

भारतको हरियाणा, केरला, गुजरात, राजस्थान लगायतका क्षेत्रमा बर्डफ्लू देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्