Logo

Banner-news

होटल उदघाटनमा परराष्ट्रमन्त्री !


GDP Nepal
   २५ पुस २०७७, शनिबार


काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शुक्रबार ठमेलमा स्थापना भएको चेन होटल ‘रमादा अनकोरको उदघाटन गरेका छन् । मुलुकमा राजनीतिक अन्योल बढेका बेला मन्त्री ज्ञवाली भने विभागीय मन्त्रालयको कार्यक्षेत्र बाहिरको कार्यक्रम अर्थात होटल उघाटनमा सक्रिय देखिनुलाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।

हाल पर्यटनमन्त्रीको जिम्मेवारी भानुभक्त ढकालले सम्हालिरहेका छन् । तर, निजी लगानीको यो होटल उदघाटनमा उनलाई अतिथिका रुपमा समेत निम्त्याइएको थिएन । राजनीतिक निकटताका आधारमा व्यवसायीले सरकारका मन्त्रीहरुलाई बेप्रसंगकका कार्यक्रममा आफूखुसी बोलाउने र मन्त्रीहरु पनि पदीय मर्यादा तथा जिम्मेवारी र कार्यक्षेत्रको ख्याल नै नगरी जाने प्रचलन बढ्दो छ ।

रमादाको सञ्चालक अध्यक्षमा पर्यटन व्यवसायी शान्तिरमण पंगेनी र अन्य पाँच सञ्चालक सदस्य रहेका छन् । यस कम्पनीमा ३६ जनाको शेयर लगानी छ जसमा विदेशी लगानीकर्ताको रुपमा ग्यालेक्सी नेटवर्क लिमिटेड हङहकङ रहेको जनाइएको छ ।

विश्वमा नै करिब नौ हजार चेनको संख्यामा होटल आवद्ध रहेको भनिएको रमादा ब्राण्डले निर्दिष्ट गरेको गुणस्तरीयता सम्बन्धी मापदण्डलाई पालना गरेर होटल निर्माण गरिएको जनाइएको छ । नियमितरुपमा गुणस्तरीयताकाबारे प्रशिक्षित गर्ने तथा अनुगमन गर्ने गरी ब्राण्डको सम्झौता भएको कम्पनीले जनाएको छ ।

पर्यटकीय होटलले पाहुनालाई लक्षित सुविधायुक्त कोठा, टेरेशलगायत विभिन्न रेष्टुरेन्ट, सेमिनार हल, पौडीपोखरी, जिम हल आदि होटलमा चाहिने सबै सुविधाको व्यवस्था रहेको छ । रमादा अनकोर काठमाडौँ ठमेल, ठमेल प्लाजा होटल एण्ड सुइट्स् प्रालिको एक युनिट हो ।

होटलमा सहयोगी बैंकका रुपमा नबिल बैंकले लगानी गरेको छ । शेयरधनी तथा बैंक लगानीसमेत गरी हालसम्म करिब २ अर्ब लगानी भइसकेको र निर्धारित योजना अनुरुप यसलाई विस्तार गर्दा कूल लगानी करिब ३ अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा मन्त्री ज्ञवालीले कोभिड–१९ महामारी सामान्य भएपछि मुलुकको पर्यटन क्षेत्रले उत्साहपूर्ण रुपमा फड्को मार्ने बताए । नेपाल चेम्बरअफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पर्यटक आवागमनलाई सहज तुल्याउने ‘अनअराइभल’ प्रवेशाज्ञाको व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरे ।

प्रकाशित : २५ पुस २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह