Logo

Banner-news

आलेको प्रश्नः चाइना साउथवेष्टमा ४० करोड भ्रष्टाचार गरेर भीम रावल चुनाव हारेका होइनन् ?


GDP Nepal
   २५ पुस २०७७, शनिबार


काठमाडौं । सरकारका बहालवाला एक मन्त्रीले पूर्वमन्त्री एवं नेकपा (प्रचण्ड–माधव) समूहका प्रभावशाली नेता भीम रावललाई ‘भ्रष्टाचारी’को संज्ञा दिएका छन् ।

संसद् विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वन तथा वातावरणमन्त्री बनाएका प्रेम आलेले शनिबार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री रावलले साइना साउथवेष्ट जहाज भाडा प्रकरणमा ४० करोड भ्रष्टाचार गरेको आरोप लगाए ।

भीम रावल र प्रेम आले

“म वनमन्त्री भएपछि वन तस्करी गर्नेलाई मन्त्रालयको जिम्मेवारी दिएको भनेर भाषण गर्दै हिँड्ने भीम रावल आफैं भ्रष्टाचारी हुन्,” मन्त्री आलेले भने, “२०५५ सालमा चाइना साउथवेष्ट प्रकरणमा रावलले ४० करोड भ्रष्टाचार गरेपछि २०५६ को चुनावमा अछामका जनताले यस्तो भ्रष्टाचारीलाई भोट दिनु हुँदैन भनेर हराएर पठाएको इतिहास साक्षी छ ।”

आफू सार्वजनिक लेखा समितिमा रहँदा वैज्ञानिक वन व्यवस्थापनका नाउँमा भएका अनियमितताविरुद्ध प्रतिवाद गरेकै आधारमा आफूलाई वन तस्कर भनेर खेदिएको उनको दावी छ । उनले बिना प्रसंगका भिडियो जोडेर टिकटकमा आफूलाई नकारात्मक रुपमा प्रस्तुत गरिएको भन्दै गुनासो पनि गरे ।

आलेले आरोप सहेरै भए पनि हरियो वन संरक्षमा आफू कतैबाट बिचलित नहुने बताए ।

प्रकाशित : २५ पुस २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह