Logo

बिजनेस होम

व्यवसायी श्याममोहन श्रेष्ठको जीवनी पुस्तकमा, फ्रान्स भ्रमणको रोमाञ्चकारी यात्रा विवरण


GDP Nepal
   २५ पुस २०७७, शनिबार


काठमाडौं । नेपाल फ्रान्स उद्योग वाणिज्य संघका अध्यक्ष श्याममोहन श्रेष्ठको पुस्तक ‘काठमाडौं–पेरिस–काठमाडौंः बस र रेलयात्रा’ शनिबार राजधानीमा सार्वजनिकीकरण गरिएको छ ।

शताब्दीपुरुष सत्यमोहन जोशी, नेपालका लागि फ्रान्सका राजदूत फ्रान्स्वाँ जेभियर लेजर, पूर्वमन्त्री रमेशनाथ पाण्डे, पूर्वगभर्नर डा. चिरञ्जीवी नेपाल, पर्यटन व्यवसायी कर्ण शाक्यलगायतले पुस्तकको सामूहिक विमोचन गरेका छन् ।

श्रेष्ठले आफ्ना पिताबाट फ्रान्सको चर्चा सुनकै आधारमा आफ्नो मष्तिष्कमा फ्रान्सको चित्र बसेको र सोही कारण कलिलो उमेरमै बस र रेलयात्रा गर्दै जोखिम मोलेरै कसरी फ्रान्स पुगेँ भनेर पुस्तकमा लेखेका छन् ।

श्रेष्ठका भाइ पूर्व राजदूत मोहनकृष्ण श्रेष्ठ आफ्नो दाजुले त्यसबेला राम्रो आम्दानी भइरहेको क्यासिनको जागिर छाडेर फ्रान्स जाँदा उनलाई सबैले गाली गरेको स्मरण गर्छन् । लेखक श्रेष्ठ नेपालका लागि एयर फ्रान्सको कन्ट्रि म्यानेजरसमेत भएका थिए ।

कार्यक्रममा शताब्दीपुरुष जोशीले हरेक पुस्ताले आफ्नो अनुभव नयाँ पुस्तालाई छाडेर गएमात्र मुलुक समृद्ध र वैभवशाली बन्ने स्मरण गराउँदै नेपाल कमजोर बन्नुमा यो कारण रहेको उल्लेख गरे ।

उनले विकसित मुलुकको उदाहरण दिँदै अघिल्लो पुस्ताले आफ्नो अनुभव छाडेकै कारण नयाँ पुस्ताले त्यसबाट सिकेर अगाडि बढ्दा मुलुकलाई नै फाइदा पुगेको बताए । श्रेष्ठको पुस्तकले त्यो प्रयास गरेकोमा उनले त्यसबाट सकारात्मक परिणाम निस्कने धारणा राखे ।

कार्यक्रममा पूर्वमन्त्री पाण्डे र पर्यटन व्यवसायी शाक्यले श्रेष्ठ सकारात्मक सोच र खुला बिचारकै कारण सफल उद्यमी भएको स्मरण गर्दै उनको पुस्तकले संघर्षशीलहरुका लागि प्रेरणा दिने बताए ।

पूर्वगभर्नर नेपालले श्रेष्ठले नेपालमा सहरी केबुलकारको विकास गर्न चाहे पनि सरकारी ढिलासुस्तीका कारण सम्भव नभएको बिचार राखे ।

प्रकाशित : २५ पुस २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह