Logo

Banner-news

मंसिरमा व्यवसायमा सुधार, ५४ प्रतिशत उद्योग सञ्चालनमा !


GDP Nepal
   २८ पुस २०७७, मंगलबार


काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ असारको तुलनामा २०७७ मंसिरमा उद्योग÷व्यवसाय सञ्चालनमा सुधार आएको देखिएको छ ।

असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था
तथा रोजगारीको अवस्थामा समेत सुधार आए पनि कोभिड–१९ पूर्वको अवस्थामा
उद्योग÷व्यवसायहरु सञ्चालन हुन भने नसकेको केन्द्रीय बैंकको एक अध्ययनले देखाएको छ ।

प्रतिवेदनको निष्कर्षमा उद्योग/व्यवसायहरुले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्याहरु अगाडी सारेको उल्लेख छ ।

सर्वेक्षणले ५४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन/कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधारआई ७७.५० प्रतिशत बाट ८७.५१ प्रतिशत पुगेको उल्लेख छ ।

प्रकाशित : २८ पुस २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह