Logo

बैंक / बिमा /शेयर

सिटिजन्स बैंकले ६ महिनामै कमायो ८७ करोड ५१ लाख !


GDP Nepal
   ८ माघ २०७७, बिहिबार


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ८७ करोड ५१ लाख नाफा कमाएको छ । बैंकले खुद मुनाफा २७ प्रतिशतले बढाएको छ।

बैंकले बिहीबार चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण खुद मुनाफा ८७ करोड ५१ लाख रुपैयाँ पुगेको जनाएको छ। पछिल्लो तीन महिना अर्थात कात्तिकदेखि पुससम्म बैंकले ३५ करोड ९६ लाख रुपैयाँ छ।

बैंकले गत वर्षको कात्तिकदेखि पुसमा ३३ करोड ८५ लाख नाफा गरेको थियो भने पोहोरको साउनदेखि पुससम्म ६८ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकको खुद ब्याज आम्दानी पोहोर एक अर्ब ४३ करोड रुपैयाँ रहेकोमा यसपाली एक अर्ब ६१ करोड रुपैयाँ पुगेको छ। यद्यपी बैंकको नोक्शानी ब्यवस्थापन ९प्रोभिजनिङ० को लागत भने बढेको छ। पोहोर ६ महिनामा यस्तो लागत ६ करोड ६० लाख थियो। यसपाली १९ करोड नाघेको छ।

बैंकसँग सर्वसाधारणको निक्षेप एक खर्ब ४ अर्ब नाघेको छ। ऋण लगानी ८७ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बैंकको आधार दर १०.३५ बाट घटेर ८.२५ प्रतिशतमा आएको छ। बैंकको स्प्रेड दर ४.५८ बाट ४.०८ प्रतिशतमा आएको छ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह