Logo

Banner-news

ज्याक मा बारे आशंका गलत, अलिबाबाको सेयर मूल्य पाँच प्रतिशत बढ्यो !


GDP Nepal
   ९ माघ २०७७, शुक्रबार


बेइजिङ । चिनियाँ अर्बपति ज्याक माका सम्बन्धमा उत्पन्न आशंकाहरु गलत सावित भएका छन् । उनी सार्वजनिक मञ्चमा देखिएसँगै उनको कम्पनी अलिबाबाको सेयर मूल्यसमेत पाँच प्रतिशतले बढेको छ ।

चीन सरकारले आफ्नो व्यापारिक साम्राज्यविरुद्ध कारबाही थालेको थियो । यससँगै अलिबाबा ग्रुपका संस्थापक ज्याक मा भूमिगतजस्तै थिए । केही महिना सार्वजनिक जीवनमा नदेखिएपछि उनको स्थितिबारे निकै अड्कलबाजी भइरहेको थियो ।

चीन सरकारमाथि पनि उनको स्थिति सार्वजनिक गर्न विभिन्न दबाब परिरहेको थियो । उनी चीनका सर्वाधिक धनी व्यक्ति हुन् ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले नै उनको स्थिति स्पष्ट पारेका छन् । जसअनुसार उनले बुधवार भिडिओमार्फत् ग्रामीण भेगमा कार्यरत १०० शिक्षकसँग छलफल गरेका थिए ।

ज्याक मा सार्वजनिक भएको समाचार प्रकाशित भएपछि हङ्कङ स्टक बजारमा अलिबाबाको सेयर मूल्य पनि पाँच प्रतिशतले बढेको छ ।

ज्याक मा ले सम्बोधनका क्रममा महामारीका कारण आफूहरु सान्यामा भेट्न नसक्ने उल्लेख गर्दै महामारी सकिएपछि सबै जना सान्यामा भेला हुने समय जुटाउनुपर्छ, अनि हामी फेरि भेटौँला भनेका थिए ।

भिडियोले उनका विषयमा अनेकौं अनुमान गलत सावित गरे पनि हाल उनी कहाँ छन् भन्ने स्पष्ट हुन सकेको छैन ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह